×

NMB BANK
NIC ASIA

पैसा नतिरी कामदार मलेसिया जान पाउने भएपछि व्यवसायीको घुर्की, भन्छन्- अव्यवहारिक निर्णय

कात्तिक १३, २०७५

NTC
Premier Steels

काठमाडौं – मलेसियामा नेपालीका लागि श्रम खुला गर्न सोमवार नेपाल र मलेसियाबीच श्रम समझदारी भयो ।

Muktinath Bank

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एमकुला सेगरनले श्रम समझदारी पत्रमा सोमबार हस्ताक्षर गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र मलेसिया सरकारबीच एमओयू भएसँगै ६ महिनादेखि रोकिएको मलेसियाको श्रम बजार नेपाली कामदारका लागि खुला भएको छ । 


Advertisment
Nabil box
Kumari

दुई देशबीचको समझदारीले यसअघि म्यानपावर कम्पनीले भने जति रकम बुझाएर रोजगारीका लागि मलेसिया जाने कामदारले अब म्यानपावरलाई रकम तिर्नु पर्नेछैन ।

Vianet communication

नेपाली कामदार मलेसिया जान लाग्ने हवाई टिकट, स्वास्थ्य परीक्षण शुल्क रोजगारदाता कम्पनीले नै व्योहोर्ने छ । साथै रोजगारीमा पठाउने नेपाली म्यानपावर कम्पनीलाई सेवा शुल्कबापतको रकम पनि रोजगारदाता कम्पनीले नै दिने भनिएको छ ।

नेपाली कामदारले शून्य लागतमा थप सुविधासहित रोजगारीका लागि मलेसिया जान पाउने भएपछि उक्त श्रम समझदारी नेपालीको चासोको विषय बनेको छ । 

नेपाली कामदारको हितका लागि भएको यो सम्झौताले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको चर्चा चुलिएको छ । 

तर म्यानपावर व्यवसायीहरू भने दुई देशबीच भएको सम्झौताप्रति रुष्ट बनेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले सरकारले मलेसियासँग गरेको समझदारी व्यवहारिक नभई लोकप्रियताका लागि मात्रै गरिएको बताए ।

उनले म्यानपावर व्यवसायीहरू श्रम बजारका लागि महत्त्वपूर्ण निकाय भए पनि सरकारले आफूहरूसँग कुनै छलफल नै नगरी श्रम समझदारी गरेको गुनासो गरे ।

उनले लोकान्तरसँग भने, ‘दुई देशबीच श्रम समझादारी हुनु स्वागतयोग्य कुरा हो, तर रोजगारदाता र कामदारबीच समन्वय गराउने म्यानपावर व्यवसायीसँग छलफल नै नगरी एकलौटी ढंगले सरकारले निर्णय गरेर सम्झौता ग¥यो ।’

उनले रोजगारदाता कम्पनीले कामदार पठाउने कम्पनीलाई कामदारले पाउने मासिक तलबको आधा रकम दिने व्यवस्था सम्झौतामा भएकोमा उक्त रकम कम भएको भन्दै असुन्तुष्टि जनाए । 

‘हामीले म्यानपावर व्यवसाय चलाएर सरकारलाई २५ प्रतिशत रकम बुझाउँछौं, हाम्रो पनि खर्च हुन्छ, सरकारले म्यानपावर व्यवसायमा सरकारको २५ प्रतिशत लगानी छ भन्ने बुझेन,’ गुरुङले भने, ‘जिम्मेवार पदमा बस्नेले लोकाप्रियताका लागि एकलौटी निर्णय गरेको छ । व्यवहारिक निर्णय नभएसम्म वैदेशिक रोजगारीको क्षेत्रमा सुधार हुँदैन ।’

सम्झौतामा वार्षिक कति कामदार पठाउने भन्ने उल्लेख नभएको र रोजगारदाता कम्पनीलाई नेपाली कामदार लिँदा आर्थिक भार बढी हुने हुँदा नेपाली श्रमिकको मागमा समेत कमी आउन सक्ने उनले बताए ।

नेपाली कामदारको हवाई भाडा, स्वास्थ्य परीक्षण शुल्क लगायतका विभिन्न खर्चमा रोजगारदाता कम्पनीलाई एक लाखसम्म आर्थिक भार पर्नसक्ने भएकाले नेपाली कामदारको माग घट्नसक्ने उनको आशंका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x