×

NMB BANK
NIC ASIA

वाइडबडीकाे खरिद मूल्यमै गोलमालको आशंका छ : लेखा समिति सभापति शाह [अन्तर्वार्ता]

मंसिर ९, २०७५

NTC
Premier Steels

नेपाल वायु सेवा निगमको बाइडवडी विमान खरिदमा व्यापक अनियमितताको आशंकासहित संसदको सार्वजनिक लेखा समितिले छानबिन पक्रिया शुरु गरेको छ । आइतवार बसेको बैठकमा समिति सभापति भरत शाहले २४ अर्बको जहाज खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ, यसमा निगमको धारणा के हो ? भनेर प्रश्न गरे । 

Muktinath Bank

समितिको बैठक सकिएपछि आइतवार नै लोकान्तरले सभापति शाहसँग वाइडबडी खरिद प्रकरण र लेखा समितिको छानबिनबारे टेलिफोनमा संक्षिप्त कुराकानी गरेको थियो । प्रस्तुत छ कुराकानीको सार :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के आधारमा ६ अर्ब ५९ करोड घोटाला भएको भन्नुभयो ?


Advertisment
Nabil box
Kumari

कानूनी प्रक्रियामा सार्वजनिक खरिद ऐन र नेपाल वायु सेवा निगमको विनियमावली विपरित भएको छ भनेर मैले दफासहित कोट गरेर भनेको छु । मूल्य पनि अस्वभाविक छ । यसमा धेरै शंका गर्ने ठाउँ छ भनेको छु । अहिले नै हामी निश्कर्षमा पुगेका छैनौं । यति अर्ब भ्रष्टाचार भएको भनेर अहिल्यै भन्न मिल्दैन । छलफल गरेर निर्णय हुन्छ अगाडि । 

Vianet communication

२४ अर्बको खरिदमा ६ अर्ब  ५९ करोड अनियमिताको कुरा कसरी आयो ?

समितिका साथीहरुले उठाएको कुरा हो, मैले सैद्धान्तिक कुरा गरेको थिए । समितिले तयार गरेको प्रतिबेदन पढेर सुनाएको हो । नियम, खरिद प्रक्रियाबारे मैले भनेको थिए । त्यसमा खरिद मूल्यको बारेमा साथीहरुले यति गोलामाल भएछ भनेर कुरा उठाउनु भएको हो । त्यसमा हामी निचोडमा पुगिसकेका छैनौै, थप छलफल हुन्छ । यससम्बन्धी जानकारलाई पनि बोलाइन्छ । मन्त्रीलाई बोलाएर छलफल गरेपछि निर्णय हुन्छ । 

अब यो छानबिन कसरी अगाडि बढ्छ ?

आज पर्यटन मन्त्रालयका सचिव, नेपाल वायु सेवा निगमका महाप्रवन्धक लगायतसँग कुरा छलफल गर्यौ । यसअघि नै महालेखा परिक्षकसंग पनि छलफल भइसकेको छ । खरिद ऐनबारे सचिवज्यूलाई पनि बोलाएर छलफल गर्ने तयारी गरेका छौं । त्यसपछि जानकार र विज्ञसँग राय लिएपछि मन्त्रीज्यूलाई बोलाउँछौं, मन्त्रीसँग समेत छलफल गरेपछि हामी छलफल गरेर एउटा निर्णयमा पुग्छौं । 

मन्त्रालयको छानबिनमा पनि त्रुटि छ भन्नुभयो, के पाउनु भयो ?

जो खरिद प्रक्रियामा छन्, छानविन कमिटिमा बसेपछि के मतलव भयो र छानबिनको ?

यो छानविन निश्कर्षमा पुग्छ त ?

हामीले देशको संविधान, ऐन, कानून अनुसार छ कि छैन भनेर हेर्ने हो । किनभने महालेखाको प्रतिवेदनमा आएकोले यसमा हात हालेका हौं । महालेखाले दुईवटा कुरा प्रश्न गरेको छ । एउटा मूल्य अस्वभाविक भयो भनेर र अर्को नेपालको खरिद ऐन विपरित तथा नेपाल वायु सेवा निगमको विनियमावली विपरित छ भनेकोले यसमा छानविन शुरु गरे्का हौं । 

यो सम्बन्धमा हामीले विस्तृत अध्ययन गरेर हाम्रो खरिद ऐन अथवा विनियमाली विपरित छ र मूल्य पनि अस्वभाविक छ भने गहिरो अध्ययन गरेर हामी निर्णय लिन्छौं । 

अनियमितताको आशंका गरिएको रकम त्यो भन्दा बढी पनि हुन सक्छ कि ?

अनियमितताको रकम बढ्ला नबढ्ला अहिलै केही भन्न सक्दिन । तर महालेखाले नै मूल्यमा अस्वभाविक छ भनेपछि त्यसमा हामीले शंका गर्ने ठाउँ रह्यो । संवैधानिक निकायले भनिसकेपछि त्यसको निक्र्यौल गर्ने अधिकार संविधानले लेखा समितिलाई दिएको हुनाले हामीले छानविन गरेका हौं । त्यसमा हामी छलफल गछौं, महालेखासंग उसले के आधारमा भन्यो ? खरिद प्रक्रिया नियमावली विपरित भनेर के आधारमा भन्यो ? महालेखासँगपनि थप छलफल गरेर हामीहरु हामी निश्कर्षमा पुग्छौ । 
 

पढ्नुहोस् यो पनि,

वाइडबडी खरिदमा साढे ६ अर्ब बढीको ‘घोटाला’ भएकाे अाशंका, यी हुन् लेखा समितिका ४१ प्रश्न (विवरणसहित)​

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x