०८ साउन २०८३, शुक्रबार

अब १० वर्ष समृद्धिको काम गरेर 'माथि' जाने विचार छ– प्रचण्ड

अब १० वर्ष समृद्धिको काम गरेर 'माथि' जाने विचार छ– प्रचण्ड

चितवन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दश वर्ष समृद्धिका लागि समर्पण गर्ने बताएका छन् ।

चितवन महोत्सव – २०७५ उद्घाटनको क्रममा बोल्दै प्रचण्डले अबको दश वर्ष समृद्धिका लागि काम गरेर 'माथि' जाने मन भएको बताएका हुन् ।

‘मेरो जुन अभियान मैले सोचेको छु, दश वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ,’ प्रचण्डले सम्बोधनका क्रममा आकाशतर्फ इशारा गर्दै भने, ‘तपाईंहरूको साथ र सहयोग भए हामी नमूना रूपमा नेपाललाई र चितवनलाई विश्वमा चिनाउन सक्छौं ।’

चिनियाँ नेता देङ साओ पिनले चीनको विकास गर्नका लागि नयाँ मोडल अपनाएको स्मारण गर्दै प्रचण्डले ‘बिरालो कालो होस् या सेतो होस्’ केही फरक नपर्ने बताए ।

‘यदि कम्युनिस्ट सरकारले समृद्धि ल्याउन सक्दैन भने कम्युनिस्टको पनि काम छैन,’ प्रचण्डले भने, ‘देश समृद्ध हुनुपर्‍यो, जसरी भए पनि हुन्छ ।’

समृद्धिका लागि निजी क्षेत्र या सरकारी क्षेत्र भनिरहनु नपर्ने प्रचण्डको धारणा छ ।

salt training

कमेन्ट गर्नुहोस्