×

NMB BANK
NIC ASIA

सबै जग्गाको कित्ताकाट गर्न नपाइने, स्थानीय तहलाई स्वीकृतिको अधिकार

पुस २७, २०७५

NTC
Premier Steels

काठमाडौं– सरकारले २०७२ साउन २६ गते देखि जग्गा कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको छ ।

Muktinath Bank

शुक्रवार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै जग्गा कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको घाेषणा गरिएकाे हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषियोग्य जमिनको गैह्र कृषि क्षेत्रमा रुपान्तरणले तीब्रता पाइरहेको वर्तमान परिस्थितिबाट योग्य भूमिको संरक्षणमा सरकारको तर्फबाट अबिलम्ब कदम चाल्नु अपरिहार्य भएकाले सो सम्बन्धि कानूनको तर्जुमा नहुन्जेलसम्मको लागि मन्त्रालयले मातहतका निकायलाई जग्गाको कित्ताकाट हुन दिन भन्दै शुक्रवार निर्देशन दिएको हो ।


Advertisment
Nabil box
Kumari

तर जग्गा कित्ताकाटमा लगाएकोे प्रतिबन्ध हटाए पनि सबै जग्गामा कित्ताकाट गर्न भने नपाइने भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ ।

Vianet communication

जग्गाको प्लटिङ गरी वा अन्य कुनै प्रक्रियाबाट जग्गाको खण्डिकरण गरी हक हस्तान्तरण गर्ने, व्यक्ति फर्म, संस्था वा कम्पनीले खेतीयोग्य जग्गा कुनै पनि प्रकारले खण्डिकरण (कित्ताकाट) गरी घडेरीको रुपमा विक्री वितरण गर्न वा हक हस्तान्तरण गर्ने लिखित पास गर्न आएमा पास नगर्ने भन्दै मन्त्रालयले मातहतका कार्यालयमा निर्देशन दिएको छ ।

त्यस्तै प्रचलित कानून बमोजिम कायम रहने अंशियारहरुका बीच एक भन्दा बढी पटक अंशबण्डा वा अंश भरपाई गरी कित्ताकाट गर्न नपाइने मन्त्रालयले जानकारी दिएको छ ।

तर मन्त्रालयले स्थानीय तहले दिएको स्वीकृतिको आधारमा जग्गाको कित्ताकाट गर्न पाइने जानकारी दिएको छ ।

मन्त्रालयले ‘फिल्डबूकमा शहरी क्षेत्रको किसिम ‘‘क’’ देखि ‘‘ङ’’ सम्म कायम भएका वा बसोबास तथा व्यवसायिक क्षेत्र किसिम जनिएका वा फिल्डबुक वा श्रेस्तामा अन्य जुनसुकै किसिम जनिए तपानि स्थानीय तहबाट ‘‘खेती योग्य जग्गा’’ होइन भन्ने ब्यहोरा लेखिआएमा कित्ता जग्गाहरु प्रचलित कानूनी व्यवस्था अनुसार खण्डिकरण वा कित्ताकाट गर्ने’ भन्दै निर्देशन दिएको छ ।

त्यस्तै ‘नेपाल सरकारको आधिकारी निकायले जग्गा विकास योजना संचालन गरेकोमा सो निकायले निर्धारण गरे बमोजिम कित्ताकाट गरिदिने’ निर्देशन समेत मन्त्रालयले आफ्नो मातहतका निकायलाई दिएको छ ।

यसरी जग्गा विकास योजना संचालन गर्दा सम्बन्धित निकायले यथासम्भव कृषियोग्य जग्गाको संरक्षण हुने गरी कित्ताकाट गर्नु पर्ने समेत मन्त्रालयले दिएको निर्देशनमा उल्लेख गरिएको छ ।

मन्त्रालयले जारी गरेको निर्देशन अनुसार स्थानीय तहले कृषि, वन, नापी जग्गा प्रशासन र शहरी विकास सम्बन्धि प्रविधिक रहेको जग्गा उपयोगिता विश्लेषण प्रविधिक समिति गठन गरी सो समितिबाट खेती योग्य जग्गा नभएको र जग्गा विकास गर्न उपयुक्त रहेको भन्ने सिफारिस साथ तोकिएको निकायबाट जग्गाको उपयोगिताको विश्लेषण गरी वस्तुगत मापदण्ड बमोजिम स्वीकृति लिई इजाजत प्राप्त जग्गा विकास गर्ने फर्म, संस्था वा कम्पनीले बाटो, खुला क्षेत्र लगायतका सार्वजनिक उपयोगमा आउने अन्य जग्गा नेपाल सरकारको नाममा श्रस्ता कायम गरेपछि मात्र स्वीकृति प्राप्त गरेको सक्सा बमोजिम कित्ताकाट गर्न सकिने छ ।

यसकारण लगाइएको थियो कित्ताकाटमा रोक

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले २०७४ साल साउ २६ मा कृषियोग्य भूमिको खण्डिकरणमा रोक लगाउनका लागि जग्गा कित्ताकाटमा रोक लगाउँदै मातहतका निकायलाई निर्देशन दिएको थियो ।

त्यसपछि मन्त्रालयको उक्त निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । सर्वोच्च अदालतले २०७४ भदौ १ गते भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न भनेको थियो ।

त्यसपछि गत फागुनमा सर्वोच्च अदालतले उक्त निर्णय विरुद्ध जारी गरेको अन्तरिम आदेश नष्क्रिय हुने गरी फैसला गरेको थियो ।

मन्त्रालयको निर्णय अनुसार जग्गाको कित्ताकाट गर्न पाइँदैन्थ्यो ।

रोकिएको थिएन कित्ताकाट

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कित्ताकाटमा रोक लगाउने निर्णय सर्वोच्च अदालतले सदर गरेपछि पनि कित्ताकाट भने रोकिएको थिएन । २०७४ साउनयता जग्गा कित्ताकाट भने रोकिएको थिएन ।

जग्गा कित्ताकाट गर्न नपाइने स्पष्ट निर्देशन हुँदाहुँदै पनि मालपोत तथा नापी कार्यालयका कर्मचारीहरुले निर्देशन विपरित एकै आर्थिक वर्षमा ३ पटक सम्म कित्ताकाट गरेको राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केन्द्रको प्रतिवेदन अनुसार जग्गाको प्लटिङ गर्ने मनसायले एकै पटक एक कित्ताको १४ वटासम्म कित्ताकाट गरेको पाइएको छ ।

त्यस्तै अंशवण्डा गर्दा पनि एकै व्यक्तिको लागि ३ देखि ४ वटा कित्ता पार्ने गरी कित्ताकाट गरेको समेत सतर्कता केन्द्रको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x