१० साउन २०८३, आइतबार
मौद्रिक नीतिलाई चुनौती

प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न वाणिज्य बैंकको कन्जुस्याइँ

फागुन ७, २०७५
प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न वाणिज्य बैंकको कन्जुस्याइँ

काठमाडौं – वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनलाई लत्याएका छन् ।

नेपाल राष्ट्र बैंकले गत असारमा मौद्रिक नीति जारी गर्दै वाणिज्य बैंकलाई प्राथमिकता प्राप्त क्षेत्रमा कूल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्न निर्देशन दिएपनि वाणिज्य बैंकले निर्देशनलाई उपेक्षा गरेका हुन् ।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको सार्वजनिक गरिएको समीक्षा अनुसार वाणिज्य बैंकले तोकिएको प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमा अनुसार कर्जा प्रवाह गरेका छैनन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई कूल कर्जाको २५ प्रतिशत कर्जा प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरेपछि पुस मसान्तसम्म १८ दशमलव ५४ प्रतिशत मात्रै प्राथमिकता प्राप्त क्षेत्रमा लगानी भएको छ । प्राथमिकता प्राप्त क्षेत्रमा ऊर्जा, कृषि र पर्यटन व्यवसाय पर्छन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकले आफ्नो कूल कर्जाको १० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । पुस मसान्तसम्म कृषि क्षेत्रमा ९ दशमलव ९३ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको राष्ट्र बैंकद्वारा सार्वजनिक विवरणमा उल्लेख छ ।

न्यूनतम १५ प्रतिशत उर्जा तथा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने नीतिगत व्यवस्था भएपनि पुस मसान्तसम्म साढे ८ प्रतिशत मात्रै लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले ४ दशमलव २१ प्रशित कर्जा ऊर्जा क्षेत्रमा र ४ दशमलव ४० प्रतिशत पर्यटनको क्षेत्रमा लगानी गरेका छन् । 

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्मको समयसीमा रहेकाले वाणिज्य बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएअनुसार कर्जा प्रवाह गर्ने विश्वास रहेको प्रतिक्रिया दिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले तोकिएको समयसीमाभित्र पुर्याउनुपर्ने र नपुर्याएमा राष्ट्र बैंकले कारवाही गर्ने बताए ।

‘तोकिएको समयसीमाभित्र तोकिए अनुसार कर्जा पुर्याउनैपर्छ,’ उनले लोकान्तरसँग भने, ‘असार मसान्तसम्म पुर्याउनुपर्ने समयसीमा छ । त्यतिबेलासम्म नपुर्याए वाणिज्य बैंकहरूले हर्जना तिर्नुपर्ने हुन्छ ।’

सुहलियत कर्जामा १८ अर्ब प्रवाह

चालू आर्थिक वर्षदेखि सञ्चालनमा रहेको सहुलियत कर्जामा १८ अर्ब रुपैयाँ प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल सरकारबाट ५ प्रतिशत व्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपन्छी कर्जामा १८ अर्ब ६१ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।

कर्जा अनुसार ८८ करोड ७७ लाख रुपैयाँ व्याज अनुदान प्रदान गरिएको छ । राष्ट्र बैंकका अनुसार कृषि तथा पशुपन्छी कर्जा १० हजार ४ सय ८४ जनाले लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्