×

NMB BANK
NIC ASIA

रुपा गाउँपालिकाको वार्षिकोत्सवमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

फागुन १२, २०७५

NTC
Premier Steels

पोखरा – कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर फागुनको तेस्रो साता अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

Muktinath Bank

गाउँपालिकाले आफ्नो वार्षिकोत्सव अवसरमा फागुन २४ गतेदेखि २७ गतेसम्म रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्नेपोखरी खेल मैदानमा ‘प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता’को आयोजना गर्ने भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा गण्डकी प्रदेशका स्थानीय तहको सहभागिता रहने आइतवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
 
उनका अनुसार खेलकुदको माध्यमबाट युवाको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्देश्यले ‘युवालाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।


Advertisment
Nabil box
Kumari

नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा भाग लिने खेलाडी गाउँपालिका भित्रकै हुनुपर्नेछ ।

Vianet communication

प्रतियोगिताको उद्घाटन फागुन २४ गते शुक्रबार पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले गर्ने अध्यक्ष ओझाले जानकारी दिए । 

प्रतियोगिताको समापन रुपा गाउँपालिकाको स्थापना दिवसको दिन फागुन २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन् । 

प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष ओझाले बताए ।

त्यस्तै, सान्त्वना हुने एक टीमलाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । 

रुपा गाउँपालिकाको स्थापना दिवस तथा प्रतियोगिता समापनको अवसरमा झाँकी प्रदर्शन पनि गरिने भएको छ । लोपोन्मुख जातिका संस्कृति तथा परम्पराहरूलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले झाँकी प्रदर्शन गर्न लागिएको गाउँपालिका अध्यक्ष ओझाले बताए । 

प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट फरक–फरक जाति जनजातिको झाँकी निकालिने उनले बताए । झाँकी प्रदर्शनीमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार तथा झाँकीमा सहभागी सबै टीमलाई ५÷५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरिने छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x