०३ साउन २०८३, आइतबार

रुपा गाउँपालिकाको वार्षिकोत्सवमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

फागुन १२, २०७५
रुपा गाउँपालिकाको वार्षिकोत्सवमा अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

पोखरा – कास्कीको रुपा गाउँपालिकाले स्थापना दिवसको अवसर पारेर फागुनको तेस्रो साता अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले आफ्नो वार्षिकोत्सव अवसरमा फागुन २४ गतेदेखि २७ गतेसम्म रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्नेपोखरी खेल मैदानमा ‘प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता’को आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा गण्डकी प्रदेशका स्थानीय तहको सहभागिता रहने आइतवार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
 
उनका अनुसार खेलकुदको माध्यमबाट युवाको शारिरिक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्देश्यले ‘युवालाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नाराका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

नकआउट फर्म्याटमा खेलाइने प्रतियोगितामा भाग लिने खेलाडी गाउँपालिका भित्रकै हुनुपर्नेछ ।

प्रतियोगिताको उद्घाटन फागुन २४ गते शुक्रबार पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले गर्ने अध्यक्ष ओझाले जानकारी दिए । 

प्रतियोगिताको समापन रुपा गाउँपालिकाको स्थापना दिवसको दिन फागुन २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन् । 

प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष ओझाले बताए ।

त्यस्तै, सान्त्वना हुने एक टीमलाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । 

रुपा गाउँपालिकाको स्थापना दिवस तथा प्रतियोगिता समापनको अवसरमा झाँकी प्रदर्शन पनि गरिने भएको छ । लोपोन्मुख जातिका संस्कृति तथा परम्पराहरूलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले झाँकी प्रदर्शन गर्न लागिएको गाउँपालिका अध्यक्ष ओझाले बताए । 

प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडाबाट फरक–फरक जाति जनजातिको झाँकी निकालिने उनले बताए । झाँकी प्रदर्शनीमा प्रथम हुनेलाई २५ हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार तथा झाँकीमा सहभागी सबै टीमलाई ५÷५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गरिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्