×

NIC ASIA

गोयलको एक गल्तीका कारण डुब्यो जेट एयरवेज

चैत १२, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजका अध्यक्ष नरेश गोयलले पदत्याग गरेका छन् । अनि नरेशकी पत्नी अनिता गोयल कम्पनीको बोर्डबाट बाहिरिएकी छन् । 

Muktinath Bank

गरीब परिवारमा हुर्किएर भारतलाई विश्वस्तरीय एयरलाइन्स दिएका नरेश गोयलको कथा प्रेरणादायी छ । तर उनको एक निर्णयले पतनको बाटो खन्यो र जेट एयरवेज ऋणमा डुब्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ऋणमा डुब्नुअघिको नरेश गोयलको जीवनकथा यस्तो थियो । बीकम गरेपछि गोयलले सन् १९६७ देखि करीयरका लागि संघर्ष गर्न थाले । पञ्जाबको पटियालाबाट उनी दिल्ली गए र आफ्नो एक नातेदारको ट्राभल एजेन्सीमा काम गर्न थाले । उनले मासिक ३०० भारुको जागिर पाए । 


Advertisment
Nabil box
Kumari

त्यसपछि उनले पर्यटन उद्योगमा अवसर खोज्न थाले र आएका सबै मौकाको सदुपयोग गरे । यसबीचमा उनले विदेशी एयरलाइन्स कम्पनीमा काम गर्ने मानिसहरूसँग मित्रता गाँसे । उनले उड्डयन क्षेत्रको व्यापार बुझ्ने मौका पाए । सन् १९७३ मा उनले आफ्नै ट्राभल एजेन्सी खोले र त्यसलाई जेट एयर नाम दिए । 

Vianet communication

लामो समयसम्म ट्राभल एजेन्सी चलाएपछि उनले सन् १९९१ मा आफ्नै एयरलाइन्स कम्पनी खोल्न निवेदन दिए । तत्कालीन अर्थमन्त्री मनमोहन सिंहले विदेशी कम्पनीका लागि ढोका खोलिदिएपछि गोयल पनि प्रतिस्पर्धामा उत्रेका थिए । 
सन् १९९३ देखि जेट एयरवेजको उडान शुरू भयो । त्यतिखेर निजी कम्पनीहरू टाट पल्टेर धराशायी भइरहेको बेलामा जेट एयरवेजले भने एकपछि अर्को सफलता हासिल गरिरहेको थियो । 

यसैबीच जेटलाई विदेशी मुलुकमा उडान गराउने एक मात्र निजी कम्पनी बनाउनका लागि गोयलले सन् २००७ मा एयर सहारा किने । उनले त्यसका लागि २४ सय करोड भारु खर्च गरेका थिए । उता सस्तो दरमा विमानसेवा दिने गोएयर, स्पाइसजेट र इन्डिगोले ग्राहकलाई लोभ्याइरहेका थिए । 

त्यसक्रममा जेट एयरवेजले आफू पछि परेको अनुभव गर्न थाल्यो । अनि इन्धन महंगो भए पनि जेट एयरलाइन्स प्रतिस्पर्धी कम्पनीहरूलाई टक्कर दिनका लागि मैदानमा आयो । त्यसका लागि कम्पनीले बैंकहरूसँग ऋण लिन थाल्यो र ऋण बढ्दै गयो । गोयलले सस्तो टिकट दिने निर्णय गरेर निकै ठूलो भूल गरे ।

सन् २०१३ मा खाडी देशको एयरलाइन्स कम्पनी एतिहादले जेट एयरवेजमा २४ प्रतिशत शेयर किन्यो । अहिले जेट एयरवेजमाथि ८ हजार करोड भारु ऋण छ र कम्पनीका १६ हजार कर्मचारीको जागिर संकटमा परेको छ । 

तर जेट एयरवेजले बैंकहरूबाट तत्कालै १५ सय करोड भारुको आर्थिक सहायता पाउनेछ । यसबाहेक जेट एयरवेजको निर्देशक मण्डलमा बैंकका दुई सदस्यलाई पनि मनोनित गरिने र एयरलाइन्सको दैनिक सञ्चालनका लागि अन्तरिम व्यवस्थापन समिति बनाइने भएको छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x