३० जेठ २०८३, शनिबार

नेपाली कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पोखरामा हुँदै, तयारी पूरा

चैत २६, २०७५
नेपाली कांग्रेसका कोषाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पोखरामा हुँदै, तयारी पूरा

पोखरा- नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरूको पोखरामा हुने तेस्रो राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । यही चैत २८ र २९ गते हुने सम्मेलनको आवश्यक तयारी पूरा भएको आयोजकले मंगलवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

सम्मेलनको उद्घाटन समारोहमा पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ । 

सम्मेलनको मिति नजिकिएसँगै पोखराको न्युरोड क्षेत्रमा पार्टीको कांग्रेसको झण्डाले दुलही झैं सिंगारिएको छ । पोखराका मुख्य प्रवेशद्वार ब्यानरहरूले सजाइएको छ। 

पार्टीलाई सुदृढ बनाउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उनले सम्मेलनले पार्टीलाई गुट उपगुट अन्त्य गरी एक ढिक्काका साथ अघि बढ्न दबाबमूलक सुझाव दिने जानकारी दिए । 

‘पार्टी भित्रको मुख्य समस्या भनेको गुट उपगुट हो । केन्द्रीय नेताहरू बोलाएर कोषाध्यक्षहरूले एकमतले गुट उपगुट अन्त्य गर्न संन्देश दिन्छौं,’ अध्यक्ष पुडासैनीले भने, ‘काँग्रेसमा तलदेखि माथिसम्म गुट उपगुट अन्त्य गर्न जरुरी छ ।’ 

सम्मेलनले सरकारका गतिविधि चित्त बुझ्दो नभएकाले देशव्यापी विरोधका कार्यक्रम सञ्चालन गर्नका लागि केन्द्रलाई आग्रह गर्ने भएको छ । त्यसैगरी देशका विभिन्न स्थानका निर्वाचन क्षेत्रहरूमा रिक्त संसद सदस्य र प्रदेश सदस्यहरूको निर्वाचन गराउन सरकारलाई दबाव दिने छ । 

नेपाली काँगेस कास्कीका सभापति कृष्ण केसीले सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि कास्की कांग्रेसले सहयोग गर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्