शीतल निवासबाट सिंहदरबार पुग्न ५ दिन !

काठमाडौं– राष्ट्रपति कार्यालयदेखि संघीय संसद सिंहदरबारसम्मको ५.२ किलोमिटर दूरीमा आउन गुगल म्यापले १७ मिनेट लाग्ने देखाउँछ । 

सुन्दा अचम्म लाग्न सक्छ, यति छोटो दूरीमा रहेको राष्ट्रपति कार्यालयदेखि सिंहदरबारसम्म पत्र पुग्न पाँच दिन लागेको छ । 


Advertisement

राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा पठाएको पाँच दिनपछि मात्र प्राप्त भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । 

राष्ट्रपति कार्यालयबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी तोकेको बारेको पत्र पुग्न पाँच दिन लागेको हो ।  

आजको राजधानी दैनिक लेख्छ–प्रधानमन्त्री युरोप भ्रमणमा गएको संसदलाई बुधबारमात्रै औपचारिक रुपमा जानकारी भएको छ भने ईश्वर पोखरेललाई कार्यभारको जिम्मेमवारी दिइएको पनि बुधबार नै संसदलाई जानकारी प्राप्त भएको छ । 
 

कमेन्ट गर्नुहोस्