×

NMB BANK
NIC ASIA

जनतालाई बेवास्ता

हावाहुरी पीडितको कन्तबिजोग : राहत बाँड्न छाडेर मुख्यमन्त्री र मन्त्री शपथ खानमै व्यस्त

जेठ ३१, २०७६

NTC
Premier Steels

धनगढी – वैशाख १५ गते प्रदेश नम्बर २ को बारा र धनुषामा हावाहुरीले ठूलो क्षति पुर्‍यायो । सुदूरपश्चिम प्रदेश सरकारले त्यहाँका पीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्‍यो । जसबाट प्रदेश सरकारले वाहवाही बटुल्यो ।

Muktinath Bank

जेठ २३ गते राति आएको हावाहुरीले कैलाली र कञ्चनपुर तहसनहन पार्‍यो । कच्ची र जस्तापाताको छानोसहित घर तथा भौतिक संरचना बाँकी नरहने गरी उडायो । २ जनाले ज्यान गुमाए, सयौ घाइते भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हावाहुरीले बितण्डा मचाएको १ साता बितेको छ । पीडित ४२ डिग्री गर्मीको खुुला आकाशमुनि छन् तर अरुलाई सहयोग गर्न सक्ने हैसियत राख्ने प्रदेश सरकारकै नागरिक हाल राज्यविहीनताको महसुस गर्न थालेका हुन् ।


Advertisment
Nabil box
Kumari

घटना लगत्तै छिटोछरिटोे रुपमा राहत वितरण गर्नुपर्छ तर त्यही राहत वितरणकै लागि लगत संकलनमै धेरै समय खर्चिनु र सरकारका मन्त्री, सांसद तथा नेताहरू सस्तो लोकप्रियताकै लागि राहतको नाममा त्रिपाल मात्रै बाँड्दै, सेल्फी लिँदै हिड्न थालेपछि पीडितलाई रुनु न हाँस्नु भएको छ ।

Vianet communication

धनगढी उपमहानगरपालिका–७ देवहरियाका जयनारायण चौधरीले भने, ‘लगत संकलन गरेर गए तर फर्केका छैनन् । कहाँ–कहाँ त्रिपाल बाँडेको सुनिन्छ । अझैसम्म कसैको राहत देख्न पाएनौं ।’ हावाहुरीले जयनारायण चौधरीको घरको छानो र भित्ता उडाइ दिएको छ ।

देवहरियाकै चुन्नु चौधरीले भएको घर हावाहुरीले भताभुङ पारेपछि नयाँ घर बनाउन जुटेका छन् । ‘के गर्ने हजुर, हेर्न मात्रै आउँछन् । सहयोग गर्ने कोही छैनन् । आफ्नो घर आफैं बनाउनैपर्‍यो । विद्युत् पनि छैन । यो बेला कुनै सरकारको मुख देखेका छैनौं,’ उनले दुखेसो सुनाए ।

प्रदेश सरकारले पीडितको अवस्था हेरेर राहत दिने घोषणा नगरेको होइन, सहानुभुुति पनि नदेखाएको होइन तर राहत सामग्री वितरणमा ढिलासुस्ती हुँदा पीडितलाई झनै पीडित बनाएको हो ।

व्यापारीको लूट

हावाहुरीले घरको छानो उडाएपछि छिमेकीको शरणमा परेकी धनगढी–७ मनेहराकी होमा तामाङले भनिन्, ‘राहतको नाममा एउटा त्रिपाल पाए । सो त्रिपालले अन्नपात जोगाउने कि आफू बाँच्ने ? घर बनाउन सहयोग जुटाई दिए सरकारप्रति आभारी हुने थियौैं ।’

ऋण सापटी गरेर जस्तापाता किनेको बताउँदै उनले त्यसैमाथि व्यापारीले जस्तापाताको मूल्य बढाएपछि पर्नुसम्मको पीर परेको दुःख पोखिन् । १३ सय पर्ने जस्तापाताको मूल्य बढाएर व्यापारीले १७ सय रुपैयाँमा बिक्रीवितरण गर्न थालेको बताइन् । जसको अनुगमन पनि गरिनुपर्ने उनको भनाई छ । जस्तापाताका साथै अन्य निर्माण सामग्रीको मूल्यमा समेत वृद्धि गरिएको पीडितको गुनासो छ ।

सरकारी घोषणा

प्रदेश सरकारले घाइतेको औषधोपचारको व्यवस्था गर्ने, मृतकका परिवारलाई डेढ लाख रुपैयाँ, पूर्ण रुपमा घर क्षति भएकालाई २० हजार रुपैयाँ र आंशिक रुपमा क्षति भएकालाई १० हजार रुपैयाँ दिने निर्णय गरेको छ भने संघीय सरकारले मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत दिने घोष्णा गरेको छ तर त्यही घोषणा कार्यान्वयनमा ढिलाइ भएपछि सरकारको कोरा घोषणाप्रति टीकाटिप्पणी शुरू भएको छ ।

विनाशकारी हावाहुरीले कैलालीमा २ हजार २ सय १६ घरमा क्षति, २ जनाको मृत्यु भएको र ७६ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । घाइतेमध्ये ७१ जना घर फर्केको पनि जनाइएको छ ।

यसैबीच जिल्ला प्रकोप उद्धार समिति कैलालीले मृतक टीकापुर नगरपालिका–२ का लहानु चौधरीको परिवारलाई १ लाख रुपैयाँ राहत हस्तारण गरेको छ भने अर्का मृतक गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरीका परिवारलाई गोदावरी नगरपालिकाले २५ हजार रुपैयाँ हस्तारण गरेको छ तर प्रदेश सरकार र संघीय सरकारको घोषणा अझै कार्यान्वयन हुन सकेको छैन ।

कञ्चनपुर जिल्लामा हावाहुरीबाट १७ सय घरधुरी प्रभावित भएका थियो भने २३ जना घाइतेमध्ये १५ घर फर्केको बाँकी कैलालीको सेती अञ्चल अस्पतालमा रेफर गरिएको थियो । अझै २ जनाको उपचार जारी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले बताए । प्रजिअ वैद्यले प्रभावित परिवारलाई त्रिपाल र अवस्था हेरेर नगद रुपैया वितरण गर्ने कार्य भइरहेको दावी गरे ।

मन्त्री सपथ ग्रहणमै व्यस्त

केही मात्रा जिल्ला प्रशासन कार्यालय र केही स्थानीय तहले राहत वितरण गर्न थालेपनि प्रदेश र संघीय सरकारबाट राहत वितरणको कुनै सुुरसार छैन । राहत वितरणवारे लोकान्तरले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँंग सम्पर्क गर्न खोजेको थियो तर उनी आफू कार्यक्रम भएको र सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्रीसँग बुझ्नुपर्ने भन्दै पन्छिए ।

सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानून मन्त्री शाहले बोल्न चाहेनन् । उनका स्वकीय सचिवका अनुसार मन्त्री शाह नेकपा बाजुरा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रममा निस्केका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x