×

NMB BANK
NIC ASIA

टीकापुर घटना घटेको दिनलाई 'कालो दिन' मनाइने, सुदूरपश्चिम प्रदेश नमान्ने थारू नेताहरूको चेतावनी

असार १, २०७६

NTC
Premier Steels

धनगढी –थरुहट/थारूवान संयुक्त संघर्ष समितिले टीकापुर घटना घटेको दिनलाई कालो दिनका रूपमा मनाउने भएको छ । संघर्ष समितिले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थरुहट नेता लक्ष्मण थारूले यस्तो घोषणा गरेका हुन् ।

Muktinath Bank

भदौ ७, ८ र ९ गते टीकापुरमा थरुहट/थारूवान संयुक्त संघर्ष समितिको राष्ट्रिय सम्मेलनको तयारीमा रहेको जानकारी गराउँदै नेता थारूले २०औं हजार थारू यूवाहरूको दस्ता प्रदर्शन गर्ने र कालो दिन मनाउने बताए । अधिकारका लागि आन्दोलन चर्काउने नेता थारूको उद्घोष थियो । तर आन्दोलन शान्तिपूर्ण रहने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार सम्मेलनमा नेता थारूले संविधानको धारा २७४ र अनुसुची ४ विभेदकारी रहेको बताए ।


Advertisment
Nabil box
Kumari

संविधानको धारा २७४ (१) मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न सकिने छैन भनी उल्लेख छ । भने अनुसुची ४ मा ७ वटा प्रदेशभित्र पर्ने जिल्लाहरूको वर्गीकरण गरिएको छ ।

Vianet communication

नेता थारूले भने–‘हामीलाई न्याय गरिएन । हामीलाई संविधानमै विभेद गरियो । प्रदेश नं. ५ र ७ थारू जातिलाई फुटाउनलाई नै ल्याएको हो । थारूले पहाडको कुनै पनि निर्वाचन क्षेत्रमा निर्वाचन लड्न जाने होइन । तराईमै आफ्नो राजनीतिक अधिकार स्थापित गर्न चाहान्छ । हामी सुदूरपश्चिम प्रदेश मान्दैनौं । हामीले संवादबाट निकास चाहेका छौं । हामीलाई अझै पनि अल्झाउने काम भयो भने विद्रोह हुन्छ ।’

झुठा मुद्दा लगाउँदैमा आफूहरू विचलित नहुने उनको भनाइ छ । ‘हामी आफ्नो अधिकारका लागि विना हातहतियार शान्तिपूर्ण ढंगले आन्दोलन गर्छौं । हामीमाथि झुठा मुद्दा लगाएर, जेल नेलमा कोचेर अब हाम्रो आन्दोलन रोकिनेवाला छैन’, उनले भने– ‘हामीले संविधान पुनर्लेखन गर्ने भनेका छैनौं । यसै संविधानभित्र पहिचानसहितको अधिकार खोजेका छौं ।’

अर्का थरुहट नेता एंव पूर्व सभासद कृष्णकुमार चौधरीले हालको मौजुदा सुदूरपश्चिम प्रदेश अवस्तुवादी भएको टिप्पणी गरे । 

‘हालको सुदूरपश्चिम प्रदेशसहितको संरचना अवस्तुवादी छ । यसले भौगोलिक र राजनीतिक उत्पीडनलाई परेकाको अधिकार सुनिश्चित गर्दैन’, उनले भने– ‘थरुहट आन्दोलन थारूको मात्रै हौइन । सबैको आन्दोलन हो । थारूको अधिकारको लागि पहाडीले, दलितको अधिकारको लागि बाहुनले बोल्नुपर्छ ।’

उनले टीकापुर घटना मुद्दामा अदालतको फैसालामा राजनीतिक तथा सत्ताको गन्ध रहेता पनि फैसालाको सम्मान गरेको उल्लेख गरे ।

संघर्ष समितिले भदौ ७, ८ र ९ गते टीकापुरमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ । जसको तयारीलाई तीव्रपारेको संघर्ष समितिका जिल्ला संयोजक माधव चौधरीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x