×

NMB BANK
NIC ASIA

विश्वकप क्रिकेट : इंग्ल्यान्ड र अस्ट्रेलियाबीच रोमाञ्चक भिडन्तको अपेक्षा

असार १०, २०७६

NTC
Premier Steels

काठमाडौं – क्रिकेट विश्वकपमा मंगलवार इंग्ल्यान्ड र अस्ट्रेलियाबीच भिडन्त हुँदैछ । 

Muktinath Bank

श्रीलंकाविरुद्धको खेल हारेपछि इंग्ल्यान्डको आत्मविश्वास खस्किएको छ । त्यसमाथि ब्याट्स्म्यान जेसन रोय घाइते भएर खेल्न नसक्ने स्थितिमा पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उता अस्ट्रेलिया चाहिँ भारतसँग हारेपछि लगातार खेल जित्दै उच्च आत्मविश्वासका साथ मैदानमा ओर्लदैँछ ।


Advertisment
Nabil box
Kumari

विश्वकपअघिको अभ्यास खेलमा अस्ट्रेलियाले इंग्ल्यान्डले हराएको थियो । अस्ट्रेलियाको सबल पक्ष भनेको विपक्षीहरूको मजबूती र कमजोरी हेरेर खेल रणनीति बनाउने हो । 

Vianet communication

इंग्ल्यान्डका खतरनाक बलर जोफ्रा आर्चरले अस्ट्रेलियाको बिग ब्याश लीगमा खेलिसकेका छन् । त्यसैले अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्यांगरलाई आर्चरविरुद्ध रणनीति बनाउन सुविधा भएको छ । 

अस्ट्रेलियाको टोलीमा सन्तुलन मिलाउन मार्कस स्टोइनिस छन् । उनले पावरहिटिङ गर्नुका साथै स्ट्राइक रोटेसन पनि मिलाएर गर्ने गरेका छन् । अनि बलरका रूपमा स्टोइनिसले राम्रो सीम निकाल्ने र स्लोअर बलमा विविधता ल्याउने गरेका छन् । 

इंग्ल्यान्ड विरुद्धको अभ्यास खेलमा नाथन लियोन र जेसन बेरेनडोर्फले राम्रो प्रदर्शन गरेकाले उनीहरूलाई आजको खेलमा समावेश गर्न सकिन्छ । 

लर्ड्सको मैदानमा हुने खेलमा ब्याट्स्म्यान र बलर दुवैका लागि राम्रो सुविधा छ । अनि लन्डनको तापक्रम न्यानो रहनेछ र फाटफुट वर्षा हुने सम्भावना छ । टस जित्ने टीमले पहिले बलिङ गर्न सक्छ । 

इंग्ल्यान्डले ब्याटिङ गर्ने हो कि हिटिङ मात्र गर्ने हो भनी निश्चित गर्न सकेको छैन । उसले विगत दुई वर्षमा फरक किसिमको ब्याटिङ रणनीति अपनाएको छ । दबाबमा पर्नेबित्तिकै आक्रामक खेल देखाउने रणनीति उसले अंगीकार गरेको देखिन्छ । 

तर विश्वकपमा उसको प्लानले घाटा गरिरहेको छ । त्यसले गर्दा एक खेलमा ३९७ रन बनाउने इंग्ल्यान्डले श्रीलंका जस्तो कमजोर टोलीविरुद्ध २३३ रन पनि चेज गर्न सकेन ।

अस्ट्रेलिया जस्तो बलियो टोलीविरुद्ध सानो गल्तीले पनि इंग्ल्यान्डलाई डुबाइदिन सक्छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x