कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
धनगढी – बर्सेनि डुबान समस्या झेल्दै आएका कैलालीको दक्षिण पूर्वी क्षेत्रका स्थानीय मनोवैज्ञानिक त्रासमा रहेका छन् ।
मुलुकका पूर्वी जिल्लामा बाढीले निकै धनजन क्षतिसहित बितण्डा मचाइरहँदा यता पनि कतिखेर के हुने हो भन्दै स्थानीयवासी मनोवैज्ञानिक त्रास व्यक्त गर्दै आएका हुन् ।
कैलालीमा मुख्यतः कर्णाली, मोहना, कन्द्रा, पथरैया, काँडा, खुटीया, घुरहा, कटैनी नदीमा आउने बाढीले बर्सेनि स्थानीयवासी डुबानको समस्या झेल्दै आएका छन् । चालू वर्षमा डुबानको समस्या अझै नआएपनि नदी हेरेरै बस्नुपर्ने अवस्था रहेको बताउँछन् भजनी नगरपालिका–२ मोहनपुरका स्थानीय गंगा चौधरी । गत वर्ष लगातार १ हप्ता डुबानमा परेको स्मरण गर्दै उनले बर्खाभर त्रास रहिरहने बताए।
भजनी नगरपालिकाको वडा नम्बर २, ३, ५, र ८ प्रभावित हुँदै आएको छ । जसमध्ये वडा नम्बर ८ को सोनाहाफाँटा, जनकपुुर, गोरचौरा, खैरा, काँढा ढिक अति नै जोखिमपूर्ण क्षेत्र हो । जहाँको बस्तीमा मोहना, कन्द्रा, पथरैया र काँढा गरी ४ नदीले एकैसाथ डुबान गर्दै आएको छ ।
भजनी नगरपालिका–८ सोनाहाफाँटाका स्थानीय जय ढुंगानाले नदीमा अझै बाढी नआएपनि मुलुकको पूर्वी जिल्लामा बाढीले पुर्याएको क्षतिले त्रास फैलिएको बताए । ‘पानी पर्ने बित्तिकै त्रसित हुन्छौं । नदीको पानीको बहाव हेरेरै बस्नुपर्ने विडम्बना छ । वर्षातभर यस्तै हो । उताको बाढीले गर्दा अगुल्टोले हानेको कुकुर बिजुली देखेर तर्सिन्छ भनेझै भएको छ,’ उनले भने ।
थोरै वर्षात्मा पनि जलमग्न हुुने दक्षिणी क्षेत्रमा डुबानको उच्च सम्भावना रहेपनि पूर्व तयारीको कार्य भने कुनै पनि निकायबाट नभएको स्थानीयको गुनासो छ । प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी सचेतीकरण, बच्ने तरिका, यन्त्र उपकरण प्रयोग तथा वितरणमा हालसम्म कुनै पनि निकायले ध्यान नदिएको स्थानीय गंगा चौधरीले दुखेसो सुनाए ।
‘दुःखको कुरा, यहाँका सरकारी निकायहरू जब धनजनको क्षति हुन्छ, तब मात्रै उद्धारमा खटिने र चाउचाउ, बिस्कुट बाँड्ने प्रवृत्ति छ । बाढी नआउँदासम्म कानमा तेल हालेर बस्ने प्रवृत्ति छ,’ चौधरीले अगाडि थपे ।
पूर्व तयारीमा सरकारी निकायको उदासिनताबाट निराश भएका स्थानीय आफ्नै सक्रियतामा पुराना डुंगा मर्मत सम्भारमा जुटेका छन् । सोनाहाफाँटाका स्थानीय जय ढुंगानाले पुराना २ वटा काठको डुंगा मर्मत गरेको जानकारी दिए ।
तर भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले आवश्यक सबै पूर्व तयारी भइसकेको दाबी गरे । जिल्ला प्रशासन कार्यालय कैलालीले समेत उच्च सतर्कता अपनाउन अपिल गरेको छ । साथै उद्धारको लागि तयारीमा अवस्थामा रहन सुरक्षाका तीनै अगंलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । बाढीको पूर्व सूचना प्रणाली पनि तयारी अवस्था राखिएको उनको भनाई छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सरकारको प्रदेश विपद् व्यवस्थापन परिषद्को हालैको बैठकले सो निर्देशन दिएको हो ।
गत वर्ष जिल्लाको टीकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिकाको पूरै क्षेत्र डुबानमा परेको थियो । भजनी नगरपालिकामा मात्रै १ हजार बढी घरपरिवार विस्थापित भएका थिए । विस्थापितहरू हुलाकी राजमार्गमा आश्रय लिन बाध्य भएका थिए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...