साउन २५, २०७६
बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...
काठमाडौं – गण्डकी प्रदेश सभाको आइतवारको बैठकमा गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन र सञ्चालन गर्ने सम्बन्धी विधेयक प्रस्तुत गरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विश्वविद्यालय आवश्यक देखिएकाले विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक सभामा छलफलका लागि प्रस्तुत गरे ।
बैठकको शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यहरूले देशको समसामयिक तथा आफ्नो निर्वाचन क्षेत्रका समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभा सदस्य दीपक कोइरालाले तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी माओवादी सेनामा प्रवेश गरेका शक्ति गुरुङलाई अहिले आएर सैनिक अदालतले १० वर्ष जेल सजाय तोकेकामा आपत्ति जनाउँदै परिर्वतनका लागि लडेका योद्धालाई स–सम्मान रिहाइ गर्न माग गरे ।
प्रदेशसभा सदस्य पियारी थापाले जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको तलबलगायत सेवा सुविधामा वृद्धि हुँदा नागरिक महंगीको मारमा परेको बताउँदै खाद्य पदार्थको अत्यधिक मूल्य वृद्धि रोक्न माग गरे ।
प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले गोर्खाको सिरानचोक, सुलीकोटलगायत स्थानमा बाढीपहिरोबाट स्थानीयवासीका घरगोठमा क्षति पुगेकाले राहतका लागि सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य राजीव पहारीले ६ महिनाभित्र फेवाताल वरपरका अनाधिकृत संरचना हटाउने सन्दर्भमा सर्वोच्च अदालतको फैसलाको समयसीमा सकिएको र कार्यान्वयन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिए पनि परिणाममुखी काम नभएकोमा चिन्ता व्यक्त गरे ।
प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का वासिन्दा गाउँपालिकाको केन्द्र आउन पनि प्रदेश ५ भएर आउनुपर्ने बाध्यता रहेको बताउँदै स्थानीयलाई सहज हुने गरी सडक निर्माण गर्न माग गरे । प्रदेशसभा सदस्य कोपिला बोहोरा, चिन्तबहादुर घले, धनञ्जय दवाडी र विन्दुकुमार थापाले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेशसभाको अर्को बैठक साउन २० गते अपराह्न १ बजे बस्नेछ ।
बेझाड – तिनाऊ गाउँपालिका–५ स्थित चरचरे प्राथमिक विद्यालय १ शिक्षकको भरमा सञ्चालनमा छ । विद्यालयका ६ विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । विद्यालयमा महिनाभरि १० दिनमात्र पढाइ...
विराटनगर – विराटनगर महानगरपालिका भित्रका निजी स्कूलहरूले मनपरी शुल्क लिइरहँदा समेत स्थानीय सरकार मौन छ । संविधानले नै माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको अधिकार सूचीमा राखेको अवस्थामा विराटनगर...
काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...
जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...
बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...
जाजरकोट – जिल्लाको एक विद्यालयका शिक्षकहरूले १ वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...