×

NMB BANK
NIC ASIA

तीजको मुखैमा सुनचाँदीको भाउ अचाक्ली, नक्कली सुन कारोबार बढ्ने खतरा

साउन २१, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – नेपाली नारीहरूको महान् चाड तिजको मुखैमा बजारमा सुनचाँदीको भाउ आक्रामक बन्दै गएको छ ।

Muktinath Bank

आक्रामक भाउका कारण सुनचाँदीको बिक्री भने मन्द हुँदै गएको छ । जसका कारण व्यवसायी मारमा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो केही दिनयता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ६७ हजार ८ सय र तेजावी सुन ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

नेपाल समाचारपत्र दैनिक लेख्छ – आइतवारको तुलनामा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको हो । सोमबार चाँदी प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

Vianet communication

अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचाँदीको मूल्यमा वृद्धि भएको सुनचाँदी व्यवसायी बताउँछन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेकाले सुनचाँदीको भाउ महंगिएको सुन व्यवसायीको भनाइ छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार युद्ध लगायत विविध कारणले नेपालीमा सुनचाँदीको मूल्य बढेको बताए । उनले आइतवार मात्रै इरानले तेलको ट्यांकर रोकेको तथा भारतको जम्बु कश्मीरमा आएको राजनैतिक तनावका कारण नेपाली बजारमा सुनचाँदीको भाउ अचाक्ली बढेको उल्लेख गरे ।

‘आइतवार मात्रै इरानले तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ, यसबाट पनि सुन महंगिएको छ,’ उनले भने । उनले भारतमा जम्बू–कश्मिरमा फैलिएको आतंकका कारण नेपाली सुन बजार प्रभावित भएको उल्लेख गरे ।

व्यवसायी शाक्यले सुनको कारोबार कहिलेसम्म बढ्ने भन्ने अनुमान गर्न नसकिने बताउँदै भने, ‘सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँभन्दा माथि नजाला भन्न सकिँदैन ।’

एकातिर अमेरिकाको केन्द्रिय बैंकले ब्याजदर घटाउँदाको असर पनि सुनमा परेको छ । अमेरिकी केन्द्रिय बैंकले ०.३ प्रतिहत ब्याजदर घटाएको छ भने अर्काेतिर सुनको भाउ आकाशिँदा व्यवसायी तथा उपभोक्ता मारमा परेका छन् । काठमाडौं उपत्यकाका अधिकांश सुनचाँदी पसलहरू हाल ठप्पजस्तै देखिन्छन् ।

विशेषगरी नेपालीमा साउनमा बढी सुनचाँदी बिक्री हुन्छ । भदौमा तिज मनाउने समयमा गरगहना बढी खरिद–बिक्री हुने व्यवसायीको अनुभव छ । सुनचाँदी व्यवसायी शाक्यका अनुसार बजारमा सुनको माग एकदमै न्यून छ ।

अब केही समयसम्म सुनको भाउ सामान्य अवस्थामा नआउने उनले अनुमान गरे । सुन व्यवसायी र उपभोक्ताको हितका लागि सरकारले यसलाई केही हदसम्म सामान्य गर्न सक्ने उनको भनाई छ ।

सुन पसलमा पुराना सुनहरु थुप्रिएको बताउँदै उनले वाणिज्य बैंैंकलाई सुन किन्न आग्रह गरिएको समेत उनले बताए । यद्यपी वाणिज्य बैंैंकले यसबारे ध्यान नदिएको उनको भनाई छ । ‘हामी कहाँ रहेको पुराना सुन वाणिज्य बैंकले किनिदिए केही सहज हुन्थ्यो तर उहाँहरूले नकिन्ने बताउँदै आउनुभएको छ,’ उनले भने । सरकारले समन्वय गरि पुराना सुनहरू वाणिज्य बैंैंकहरूले किन्ने व्यवस्था मिलाइदिए सहज हुने विश्वास व्यक्त गरे ।

सुनचाँदीको भाउ बढेसँगै नक्कली सुनको कारोबार बढ्ने चिन्ता व्यक्त गर्दै शाक्यले भने, ‘अब नक्कली सुन कारोबारको बिगबिगी हुन्छ, यसले विकृति नल्याउला भन्न सकिन्न ।’

काठमाडौं न्यूरोडस्थित श्री रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले अहिले सुनचाँदीको बिक्री नहुँदा व्यवसायीहरू चिन्तामा रहेको बताउँदै भने, ‘अबको १ महिनाभित्रमा तिज आउँदैछ , अहिले सुन बिक्री हुनुपर्‍यो ।’

काठमाडौंको न्यूरोडमा रहेको बराह ज्वेलरीका सञ्चालक विक्रम गजमेरले सुनचाँदीको भाउ बढ्दा एकदमै गाह्रो भएको बताउँदै भने, ‘तीज आयो तर सुनचाँदी बिक्री हुँदैन, हामी त चिन्तामा छौं ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x