एप्पलका उपकरणहरू अब सिधै एलजी टीभीसँग जोड्न सकिने

एलजी इलेक्ट्रोनिक्स (एलजी) ले एप्पल एयर प्ले २ र होम किट उपलब्ध गराउने घोषणा गरेको छ ।

जसले LG लाई Home Kit समर्थन गर्ने पहिलो अन्तर्राष्ट्रिय टेलिभिजन निर्माता बनाएको छ । यो विशेषताहरू LG OLED TVs, Nano Cell TVs र UHD TVs मा उपलब्ध गराइएको छ ।


Advertisement

फर्मवेयर अपडेटपछि यी विशेषताहरू 2019 का Think AI AII क्षमता भएका LG OLED TVs, Nano cell TVs र UHD TVs मा उपलब्ध हुनेछन् ।

AirPlay 2 का साथ LG 2019 AI TV का प्रयोगकर्ताले सहजै iPhone, iPads र Mac बाट LG TV मा जडान गरी हेर्न सक्ने एलजी इलेक्ट्रोनिक्सले जनाएको छ ।


Advertisement

उपभोक्ताहरूले सहजै आफ्नो इच्छा अनुसारको फिल्म, टेलिस्रियल आदी LG AI TV मा Apple Airplay डाउनलोड गरी प्रसारण गर्न सक्नेछन् ।

प्रयोगकर्ताहरूले सजिलै Apple Podcast, Apple Music र अरू प्रसारित सेवाहरू LG AI TV मा sync गर्न सक्नेछन्, साथै Air Play 2 लाई मिल्ने Speaker पनि गर्न sync एलजी एलेक्ट्रोनिक्सले जनाएको छ ।

Home Kit प्रयोगकर्ताहरूले सहजै आफ्नो Smart घरलाई Home App अथवा Siri प्रयोग गरी नियन्त्रण गर्न सक्नेछन् ।

LG AI TV सहजै Home App संग जोड्न मिल्छ, जसले प्रयोगकर्ताहरूलाई साना Television कार्यहरू जस्तै खोल्ने, बन्द गर्ने, आवाज नियन्त्रण गर्ने जस्ता अनेकौ विशेषताहरू प्रदान गर्दछ । LG AI TV मा Home Kit Accessories का साथ दृश्यहरू स्वचालित गर्न सकिन्छ ।

Air Play 2 र Home Kit का सुविधा १४० देशहरूमा प्रदान गराइरहेको र LG OLED TVs तथा Nano Cell TVs का उपभोक्ताहरूलेयो सुविधा लिनसक्ने कम्पनिले जनाएको छ ।

कमेन्ट गर्नुहोस्