×

NMB BANK
NIC ASIA

राष्ट्रिय गौरवको आयोजना

गौतमबुद्ध विमानस्थल : रविन्द्र अधिकारीले अवरोध फुकाए, योगेश भट्टराईले पूर्णता दिँदै

भदौ ११, २०७६

NTC
Premier Steels

बुटवल – झण्डै साढे ५ महिना अभिभावकविहीनजस्तै बनेको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले फेरि अभिभावक पाएको छ । 

Muktinath Bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई मन्त्री भएसँगै भैरहवा आएर विमानस्थलको वस्तुस्थिति बुझे । उनले भने – सन् २०१९ डिसेम्बर ३० सम्म विमानस्थल सञ्चालनमा आउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न आन्तरिक समस्याबाट गुज्रिएको विमानस्थल निर्माणको काम पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीको पहलमा गति लिएको थियो । निर्माण कार्यले गति लिएको बेलामा अधिकारीको निधनले केही सोचेजस्तो काम हुन सकेन । 


Advertisment
Nabil box
Kumari

विमानस्थलका आयोजना प्रमुख इन्जिनीयर प्रवेश अधिकारीले अहिले भइरहेको काम गराइमा कुनै समस्या नआए तोकिएको समयमै निर्माणका काम सकिने बताए । ‘अहिलेसम्म विमानस्थल निर्माणको काम ८० प्रतिशत सकिएको छ,’ प्रमुख अधिकारीले भने, ‘अरु कुनै भैपरी समस्या आएन भने आउँदो डिसेम्बर महिनाभित्र निर्माणको काम सक्छौं ।’

Vianet communication

डिसेम्बर (आउँदो पुस) भित्रै विमानस्थल सञ्चालनमा आए सबैभन्दा पहिले सकिने गौरवको आयोजना भैरहवास्थित विमानस्थल बन्ने छ । हालसम्म संरचना (पिल्लर, बिम, बिल्डिङ) निर्माणको काम सकिएको छ । ट्रस्ट अर्थात् संरचनाको छाना छाउने काम अन्तिम चरणका पुगेको छ ।

भवनमा विद्युतीकरण गर्ने, रंगरोगन लगाउने र फिनिसिङको काम अगाडि बढेको छ । टर्मिनलभित्र जडान गर्नुपर्ने उपकरण धेरै आइसकेका छन् । केही आउने क्रममा छन् ।

‘हामीले साँच्चै सही अभिभावक पर्यटनमन्त्री भट्टराईलाई पाएका छौं । खोजेजस्तै मन्त्री आउनुभएको छ । नवनियुक्त पर्यटनमन्त्रीले समय–समयमा सम्पर्क गरी विमानस्थलको कामको प्रगति सोधिरनुहुन्छ । विमानस्थलका लागि छुट्टै लाइनको समस्या थियो । उहाँले मन्त्री भएपछि काठमाडौंमा बैठक राखेर त्यसको समस्या समाधान गरिदिनुभयो,’ उनले भने ।

अहिले धावनमार्गमा लाइट जडानको काम भइरहेको छ । यो काम अबको २ महिनाभित्र सम्पन्न हुन्छ । विमानस्थललाई चाहिने केही महत्त्वपूर्ण उपकरण अमेरिका, युरोप र थाइल्याण्डमा उत्पादनको अन्तिम चरणमा पुगेको छन् । ती उपकरण कस्ता छन् ? त्यसको निरीक्षण र हेर्नको लागि राष्ट्रिय गौरवको आयोजनाका केही कर्मचारी त्यहाँ गएका छन् ।

ती उपकरण जतिबेला बनाउनुपर्ने हो, सोही समयमा मात्रै उत्पादन गरिन्छन् । ती उपकरण समयमै आउने व्यवस्था गर्न आवश्यक रहेको अधिकारी बताउँछन् । विमानस्थल निर्माणमा अहिले दैनिक २ सय कामदरले दैनिक रूपमा काम गरिरहेका छन् । 

भैरहवाको विमानस्थल नेपालको समृद्धसँग जोडिएको विमानस्थल हो । आयोजना प्रमुख अधिकारी पनि बिहान ८ बजेदेखि विमानस्थलको काममा खटिन्छन् । ३२ वर्षीय युवा हाकिम अधिकारीले राष्ट्रिय गौरवको आयोजनाको नेतृत्व सम्हालेको १ वर्ष भयो । ३ महिना निमित्त प्रमुख थिए । उनीभन्दा अगाडि ओम शर्मा विमानस्थल निर्माणको प्रमुख थिए ।

विमानस्थलको अन्तिम र संवेदशील चरणको काम धमाधम चलिरहेको छ । दिनरात काम गर्नु परिरहेको उनले बताए । उनी यति व्यस्त छन् कि आयोजना प्रमुखको कुर्सीमा बस्न समेत भ्याउँदैनन् । भूकम्प, नाकाबन्दी, मधेश आन्दोलन, ठेकेदार–सहठेकेदारबीच लेनदेन विवादले काममा ढिलाइ भएको छ । डिसेम्बर २०१७ भित्र निर्माण सकिनु पर्थ्यो । काम नभएपछि दोस्रो पटक म्याद थपेर सन् २०१९ जुनसम्म पुर्‍याइएको हो । 

विमानस्थलको निर्माण चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रूपले निर्माणको काम गरिरहेको छ । आयोजनाको कूल लागत ६ अर्ब २२ करोड ५१ लाख २० हजार १ सय २८ रुपैयाँ रहेको छ । 

एसियाली विकास बैंक (एडीबी) को ४० दशमलव ५ प्रतिशत ऋण तथा १८ प्रतिशत अनुदान रहेको छ । लुम्बिनीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबै जहाज अवतरण गर्न सक्छन् ।

विमानस्थलको दीर्घकालीन लक्ष्य दैनिक १६ हजार यात्रुलाई सेवा दिने रहेको छ । दैनिक १६ हजारका दरले वार्षिक करीब ६० लाख यात्रु विमानस्थल भएर यात्रा गर्ने सरकारी आकलन छ ।

विमानस्थलको अन्य भौतिक संरचनाको कामसमेत तीव्र गतिमा भइरहेको छ । ‘अहिले आर्थिक अभाव पनि छैन । निर्माण सामग्रीको अभाव पनि छैन । वर्षा रोकिएलगत्तै हामी नदीजन्य पदार्थको लागि अगाडि बढ्छौं । त्यसको लागि हाम्रो ठेक्का भइसकेको छ,’ अधिकारीले भने ।

नेपाल प्रवेश बिन्दू नेपालगञ्ज

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भट्टराई भैरहवा विमानस्थलको लागि आफूहरू नेपालगञ्जबाट जहाज प्रवेश गर्ने गरी रूट मागेको बताएका छन् । तर रूट भारतले दिएको छैन । मन्त्री भट्टराईले भने, ‘हाम्रो लागि उपयुक्त जहाज प्रवेश बिन्दू नेपालगञ्ज हो । भैरहवा भारतले दिएको छ । हामीले नेपालगञ्ज मागेका छौं । उक्त बिन्दुको लागि भारतसँग कुरा भइरहेको छ । भट्टराईले केही दिन अगाडि बुटवल आउँदा बुटवलमा सञ्चारकर्मीसँग उक्त कुरा बताएका थिए । 

सौर्य ऊर्जामार्फत् विद्युत उत्पादन

विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेघावाट विद्युत् उत्पादन गर्ने गरी काम अगाडि बढाइएको छ । प्रमुख प्रवेश अधिकारीका एडीबीको अनुदानमा सौर्य ऊर्जा जडान गरिने भएको हो । विमानस्थललाई प्रदूषणरहित विमानस्थलको रुपमा विकास गर्ने गरी नेपालमै पहिलो प्रयोगको थालनीका लागि छलफल अगाडि बढाएको अधिकारीले बताए ।

सौर्य ऊर्जा जडानका लागि एडीबीले १ अर्ब अनुदान रकम दिने गरी छलफल चलाएको छ । १० मेघावाट सौर्य ऊर्जा निकाल्न करीब १ अर्ब लगानी लाग्ने अनुमान छ । उक्त रकम अनुदानमा प्राप्त हुनेछ । सोहीअनुसार विद्युत्, एडीबी र नागरिक उड्डयन प्राधिकरणबीच छलफल भइसकेको छ ।

‘विमानस्थल सञ्चालनपछि लुम्बिनीमा पर्यटक ओइरिन्छन्’

५ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र मोनो रेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने दावी गर्छन् । विमानस्थल सञ्चालन र लुम्बिनीसँगै जोडिएका बुद्धस्थलमा मानोरेल सञ्चालनपछि पर्यटक ओइरिने भन्दै उनले त्यसका लागि आवश्यक पूर्वधार निर्माण गर्न सरकार लागि परेको बताए ।

गिरीले बाहिरी देशका सिधा–सिधा उडान भैरहवामा हुँदा बढीभन्दा बढी पर्यटक आउने बताए । पर्यटकको बसाइँ लम्बाउने खालका योजना र उनीहरूलाई राख्न स्तरीय होटल अझै आवश्यक रहेको समेत प्रस्ट पारेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x