०५ साउन २०८३, मंगलबार

नवलपरासीको दाउन्नेमा यात्रुबाहक बसमा आगजनी

भदौ २६, २०७६
नवलपरासीको दाउन्नेमा यात्रुबाहक बसमा आगजनी

बुटवल– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा बिहीबार बिहान यात्रुबाहक बसमा आगजनी भएको छ । 

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा बर्दघाट नगरपालिका वडा नम्बर ४ खुुर्सानी खोलामा बिहान ५ बजे आगजनी भएको हो । 

प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी रामप्रकाश शाहले गाडीलाई साइड लगाएर बाटो अबरोध नहुुने गरी आगजनी गरेको भेटिएको लोकान्तरलाई बताए ।
 
‘गाडीलाई साइड लगाएर आगजनी भएको छ’ शाहले लोकान्तरसँग भने, ‘बाटो अवरोध छैन । यात्रु सकुशल छन् । कस्ले के कारणले गाडीमा आगजनी गर्‍यो खुल्न सकेन । हामी अनुसन्धान गर्दैछौं ।’  घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको शाहले बताए । 
 

कमेन्ट गर्नुहोस्