×

NMB BANK
NIC ASIA

काठमाडौं – नेपालीको महान् पर्व विजयादशमीको शुरूवात भइसकेको छ ।

Muktinath Bank

विशेषगरी दशैंमा खसी, बोका र च्यांग्राको बलि दिएर मासु खाने प्रचलन छ । नेपालीले दशैंमा अन्य समयको तुलनामा बढी मासु खाने चलन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मासु खानुअघि थुप्रै सावधानी अपनाउनुपर्ने सुझाव चिकित्सकहरू बताउँछन् । त्यसका लागि मासु छनोटमा ध्यान दिनुपर्ने हुन्छ । 


Advertisment
Nabil box
Kumari

दशैंमा कस्तो खसी–बोका छनोट गर्ने ?

Vianet communication

खानका लागि मासु छनोट गर्दा कम बोसो भएको पशु छनोट गर्नुपर्ने सुझाव पशु सेवा विभागका डा. चन्द्र ढकालले बताए । ‘सामान्यतया मासुमा अन्य खाद्य पदार्थको तुलनामा बढी क्यालोरी पाइन्छ । मानिसको शरीरको लागि बोसोजन्य खाना उपयुक्त हुँदैन । त्यसैले खसी–बोका रोज्दा कम बोसो भएको रोज्नुपर्छ,’ ढकालले भने ।

मोटो र ठूलो आकारको खसी–बोकामा सबैको आकर्षण देखिन्छ तर तुलनात्मक रुपमा त्यस्ता प्रकारका खसी–बोकाको मासु कम स्वस्थकर हुने डा. ढकालले बताए ।

‘हेर्दा ठिक्क पातलो, फुर्तिलो, शरीर चिल्लो देखिने र शरीर छाम्दा गाँठागुँठी नभएको खसीबोका मासुको लागि उपयुक्त हुन्छ । सामान्यतया यस्ता प्रकारका खसीबोका निरोगी र मासु खानको लागि उपयुक्त हुन्छ,’ डा. ढकालले भने । शरीरमा छाम्दा गाँठागुँठी भेटिएमा त्यस्तो खसीबोका तत्काल मासुको लागि प्रयोग गर्न अनुचित हुने डा. ढकाल बताउँछन् ।

‘आँखामा कचेरा भएको र हेर्दा जिउ झुसुङ भएको खसीबोका भित्रिरुपमा रोगी हुन सक्छन् । तत्काल त्यस्ता प्रकारका खसीबोका पनि खान उपयुक्त हुँदैन । ठूलो साइजका खसीबोकाको मासु चाम्रो हुने र सजिलोसँग पचाउन गाह्रो हुने हुँदा ठूलो साईजको खसीबोकाको मासु पनि तुलनात्मक रुपमा उपयुक्त हुँदैन,’ उनको सुझाव छ ।

खसीबोका छनोट गरिसकेपछि मासु तयार गर्दा पनि ध्यान दिनुपर्ने उनले बताए । ‘मासु पहेंलो देखिएमा, ग्रन्थीहरू सुन्निएको भेटिएमा, शरीर र पेटमा पानीको फोका बढी भेटिएमा त्यस्तो मासु प्रयोग गर्न उचित हुँदैन,’ डा. ढकालले भने । डा. ढकालका अनुसार खसीबोकाको पेटमा भेटिने पानीका फोकाहरू नाम्लेजुकाको लार्भा अवस्था भएकाले त्यस्तो अवस्थाको मासु प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्न सक्छ ।

‘खसीबोका काट्दा भेटिएका गाँठागुँठी र पानीका फोका तत्काल कुकुर बिरालोलाई खान दिने प्रचलन छ तर त्यसो गर्नुहुँदैन । किनकि नाम्लेजुका तत्काल सर्ने सम्भावना रहन्छ,’ डा. ढकालले लोकान्तरसँग भने ।

डा. ढकालका अनुसार कुनै पनि पशुपन्छीको टाउको, कलेजो, फोक्सो, आन्द्राभुँडी, रगत र खुट्टा प्रयोग गर्न उपयुक्त हुँदैन, प्रयोग गर्न नै परेमा तत्काल राम्रोसँग सफा गरेर प्रयोग गर्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x