×

NMB BANK
NIC ASIA

आत्मीयता र सामीप्यता हराउँदै गयाे

असोज १९, २०७६

NTC
Premier Steels

म्याग्दी -बडा दशैँ शुरु भएसँगै लाहुरेको जिल्ला भनेर परिचय पाएको म्याग्दीका गाउँहरूमा रौनक छाएको छ । दशैँ मनाउन परदेश र स्वदेशका विभिन्न ठाउँमा मानिसहरू गाउँमा आएपछि विगतमा युवाविहीन भएका रित्ता गाउँहरू केही समयका लागि भए पनि भरिन थालेका छन् । सदरमुकाम बेनीबजारलगायत गलेश्वर, बाबियाचौर र दरवाङ आदि ग्रामीण बजारहरूमा मानिसको चहलपहल कम भएको छ । अध्ययन, जागिर, छोरीछोरी पढाउन आदि कारणले बजारमा बस्दै आएका व्यक्तिहरू आ–आफ्नो गाउँ फर्किएपछि बेनी बजार सुनसान जस्तै बनेको छ । आफन्तहरू विदेश वा शहरबाट गाउँमा आए पनि दशैँ केवल औपचारिकतामा सीमित हुन थालेकामा बूढापाकाहरूको गुनासो रहेको छ ।

बल्ल बल्ल घरमा आएका छोराछोरी, नातिनातिना र आफन्तजनहरू पनि मोबाइल र इन्टरनेटमा व्यस्त हुने हुँदा मन खोलेर कुराकानी गर्न नपाइने बाबियाचौरका दधिराम शर्माले बताए । “एक ठाउँमा बस्दा पनि सामीप्यताको अनुभूति नै हुँदैन, सबै आ–आफ्नो तालमा व्यस्त हुन्छ, सोधेको कुरा मात्रै संक्षेपमा भन्छन् बढी कुरा गर्ने समय नै हुँदैन”, शर्माले भने ‘प्रविधिले सामिप्यता र आत्मियतामाथि नै अतिक्रमण गरेको छ ।

Muktinath Bank

दशैं मनाउने शैलीमा परिवर्तन


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करिव चार दशकअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आइसकेको स्थानीय बृद्धबृद्धाहरूले बताएका छन् । युवा विदेश पलायन, सामाजिक संस्कारमा आएको विचलन र प्रविधिको विकासले दशैंलाई फरक बनाउँदै लगेको उनीहरूको भनाइ रहेको छ । त्यसैगरी भौतिक पूर्वाधारमा आएको विकासका कारण अव घर सिंगारपटार, लिपपोत गर्ने चलन हराउँदै गएको छ । लिंगे पीङ र चमच्चा गाउँघरमा देखिन छोडेका छन् भने युवा र बालबालिकाहरू मोवाइल, ल्यापटप लगायतका प्रविधिमा व्यस्त हुने गरेका म्याग्दीका साजिक विकास विज्ञ हरिकृष्ण आचार्यले बताए।


Advertisment
Nabil box
Kumari

गुञ्जिनै छोड्यो मालाश्री धुन

Vianet communication

दशैंमा गाउँका घरघरमा पुगेर क्लाँटा बाजा बजाउँदै मालाश्री धून बजाउने चलन हट्दै गएको छ । अहिले त्यो धुन रेडियो, टेलिभिजनमा प्रशस्त सुन्न पाइन्छ । मालाश्री धुन कस्तो हुन्छ ? अहिलेका पुस्तालाई थाहा नै नभएको बेनी नगरपालिका २ का ८३ वर्षिय बेदप्रसाद शर्माले बताए । संचारमाध्यमहरूमा दशैंको समयमा व्यापकरूपमा मालाश्री धुन वज्ने भएपनि म्याग्दीका नेवार समुदायलाई बाहेक अन्यलाई मालाश्री धुनको वारेमा केही जानकारी नै छैन भन्दा अत्युक्ति हुँदैन । शान्त रसमा करुणाको सञ्चार प्रवाह गराउने मालाश्री धुनको सट्टामा अहिले गाउँघरमा पनि आधुनिक र आयातित गीत सङ्गीत बजाएर दशैं मेला आयोजना गरिएका छन् ।

न गरिन्छ चण्डी पाठ, न बढाइन्छ श्रमदानमा हात

दर्शैंलाई नवरात्र पनि भनिन्छ । नवरात्र अवधिभर घरघरमा शक्ति स्वरुपा दुर्गाका ९ ओटा स्वरुपको वर्णन गर्दै दुर्गासप्तशति (चण्डी) पाठ गर्ने गरिन्थ्यो । तर, अव चण्डी पाठ एकादेशका कथामा परिणत भैसकेको स्थानीय बूढापाकाहरूको भनाइ रहेको छ । “दशैंको पहिलो दिन घटस्थापना (जमरा राखेपछि) गरेपछि साँझ विहान घरघरमा दुर्गा सप्तशति पाठ गर्ने गरिन्थ्यो”, बेनपा २ का ८३ वर्षिय बेदप्रसाद शर्माले भने “तर अहिले दुर्गा सप्तशतिको पाठ गर्नु त परको कुरा दुर्गा सप्तशतिको पुस्तक समेत देख्न पाइदैन ।” त्यसैगरी दशैंमा सार्वजनिक स्थल (बाटो,मठ मन्दिर,विद्यालय,चौतारी आदि) को मर्मत तथा सरसफाइका लागि श्रमदान गर्ने चलन थियो । तर पछिल्लो समय त्यो चलन पनि हटेर गएको बूढापाकाहरूको भनाइ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x