×

NMB BANK
NIC ASIA

तीन नेता र पाँच उपायले बनाए चीनलाई आर्थिक महाशक्ति

असोज २३, २०७६

NTC
Premier Steels

काठमाडौं – चीनको कुरा झिक्नेबित्तिकै अर्थतन्त्रको विषय उठिहाल्छ । चरम गरीबीबाट विश्वको दोस्रो अर्थतन्त्र बनेर चीनले आफूलाई आर्थिक महाशक्ति बनाएको छ । 

Muktinath Bank

विगत केही दशकयता चीनले व्यापारिक लगानीका मार्गप्रशस्त गर्नका लागि बजार व्यवस्थामा चमत्कारी सुधार गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीनलाई आर्थिक महाशक्ति बनाउन उसका तीन नेताहरूको ठूलो योगदान छ । माओत्से तुङ, देङ श्याओपेङ र बहालवाला राष्ट्रपति शी चिनफिङको यसमा ठूलो हात छ । 


Advertisment
Nabil box
Kumari

माओले चीन राष्ट्रलाई एकताबद्ध राखेका थिए भने देङले आर्थिक क्रान्ति गरेका थिए अनि शीले पेटी सडक पहल अघि सारेर चीनलाई विश्वशक्ति बनाएका छन् । 

Vianet communication

दोस्रो विश्वयुद्धपछि चीनका करोडौं मानिस गरीबीमा थिए । सन् १९५० को दशक चीनका लागि मानवीय त्रासदीको कालका रूपमा चिनिन्छ । कृषि आधारित अर्थतन्त्रको बलमा माओले गरेको कुनै पनि प्रयास सफल हुन सकेन ।

त्यसमाथि सन् १९६० को दशकमा आएको अकालमा लाखौं मानिसको ज्यान गयो । 

त्यतिखेर चीनको कुनै व्यापारिक सहयोगी पनि थिएन । 

सन् १९७६ मा माओको मृत्युपछि देङ श्याओपिङले आर्थिक क्रान्ति गरे अनि त्यसको प्रभाव अहिलेसम्म छ । त्यसैको बलबुतामा चीन संसारको दोस्रो आर्थिक महाशक्ति बन्न सफल भएको छ । 

चीनले विकासका लागि अपनाएका पाँच उपाय यी हुन् :

१ अमेरिका र जापानबीच व्यापारयुद्ध हुँदा चीनले देशमा ठूलो स्तरमा उद्योग स्थापना गर्दै विशेष आर्थिक क्षेत्र निर्माण गरेको थियो । उसले कम्पनीहरूलाई धेरै सुविधा दिएको थियो । 

२ चीनले स्थानीय उद्योगलाई भारी उद्योगसँग जोड्यो । उसले रिसर्च यान्ड डेभलपमेन्टमा ठूलो सहयोग गरेको थियो । 

३ आर्थिक वृद्धि हुन थालेपछि चीनले विज्ञान तथा प्रविधिमा ठूलो लगानी गर्न थाल्यो । विज्ञान तथा प्रविधिमा अनुसन्धान र विकासमार्फत चीन महाशक्ति बनेको हो । 

४ चीनले आफ्नो मुद्रा युआनलाई चतुरताका साथ उपयोग गर्‍यो । युआनलाई उसले आफ्नो शक्ति बनायो र संसारभरि चीनको उत्पादन लागत कम भयो । बिस्तारै उसल विश्व बजारमा कब्जा जमाउँदै गयो । 

५ चीनले देशमा विशाल स्तरमा निर्माण केन्द्र बनायो । त्यहाँ आणविक हतियारदेखि लिएर पटाकासम्म उत्पादन गरिन्छ । चीनको उत्पादन क्षमता लगभग हरेक क्षेत्रमा छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x