×

NMB BANK
NIC ASIA

कमसल कालोपत्रे एकैदिनमा उप्कियो

कात्तिक २, २०७६

NTC
सन्दर्भ तस्वीर
Premier Steels

शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो गुनासो सुनाउने अवसर पाए । 

Muktinath Bank

बुधबार र बिहीबार रामरेखास्थित जसवीर टोलमा कालोपत्रेको काम भएको थियो । झण्डै १०० मीटरको यो खण्डको आधाजसो कालोपत्रे गरिएको छ । बाँकी खण्ड कालोपत्र गरिँदैछ । टोलका सामाजिक अगुवाले हातैले कालोपत्रे उप्काएर देखाएपछि नगरपालिकाका इञ्जिनीयर मनोज शर्माले तत्काल ठेकेदारका प्रतिनिधिलाई फोन गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिलक निर्माण सेवाले सदरमुकामका विभिन्न भित्री सडकको कालोपत्रे गर्नका लागि ठेक्का लिएको थियो । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधीन सडकको कालोपत्रे उप्केको हो । उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे उतारेर फालिदिएका छन् । 


Advertisment
Nabil box
Kumari

कालोपत्र गर्नका लागि धुलो उडाएर पानीले पखालेपछि गिट्टीमाथि अलकत्रा राखेर कालोपत्रे राख्नुपर्नेमा धुलोमै राखेको भेटिएको इञ्जिनीयर मनोश शर्माले बताए । स्थानीयले गुनासो गरेपछि आफैँ पुगेर उक्त खण्डको छेउछेउको कालोपत्रे उप्काउन लगाएको समेत उनले बताए । उनले कमजोर काम नगर्न पटकपटक दिएको निर्देशन पालना नभएको पनि टिप्पणी गरे । 

Vianet communication

नगरपालिका र सडक बोर्डको गरी रु ८२ लाख रुपैयाँको लागतमा भित्री सडक मर्मतका लागि गत असारदेखिनै काम भएको थियो । चाडपर्वको कारण रोकिएको काम तिहारभित्रै सक्ने गरी पुनः थालिएको थियो । उक्त घटना सार्वजनिक भएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत काम गुणस्तरीय गर्न माग गरेका छन् । 

कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको भन्दै स्थानीय रणसिं बोहोराले गुनासोसमेत गरे । नालीको सतह बराबर बनाउनुपर्नेमा खाँडलैखाँडल छाडेको भेटिएको थियो । केही दिन अघि नेकपाले गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा पनि बोहोराले सडक अलपत्र छाडिएको टिप्पणी गरेका थिए । कालोपत्रे गर्दाका खाल्डा पनि पुर्न लगाएर पानी सडकमा नजम्ने बनाउन लगाउने इञ्जिनीयर शर्माले बताए ।

वडाध्यक्ष दुर्गाबहादुर बोहोराले पनि यो काम समयमै अनुगमन गर्न सकेकाले सच्याउन पाएको बताए ।

बोहोराले बिहीबार दिउँसै काम कमसल भएको अनुमान लगाएर ठेकेदार र कामदारलाई सच्याउन सुझाव दिएको बताए । यसअघि गत आर्थिक वर्ष नाली र आवश्यक संरचना नबनाइकन कालोपत्रे गर्दा जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा जाने सडक पनि उप्केको थियो । उक्त खण्डको झण्डै २०० मिटर कालोपत्रे उप्केपछि डिजाइनमा समेत त्रुटि भएको निष्कर्ष निकालिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x