×

NMB BANK
NIC ASIA

आन्तरिक विवाद

नेकपा अध्यक्षद्वयबीच खटपट : आपसमा बाझिने बयानबाजीले आन्तरिक विवाद छताछुल्ल !

कात्तिक ४, २०७६

NTC
Premier Steels

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आइतवार वीरगञ्जको स्थानीय रेडियो आवाज एफएममा अन्तर्वार्ता दिँदै पार्टीभित्रै केही व्यक्तिहरूले पार्टी सिध्याउन खोजेको आरोप लगाए ।

Muktinath Bank

नेता नेपालको आरोप अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीच केही खटपट रहेको चर्चाबीच आएको छ । ‘केही व्यक्तिहरू पार्टीभित्रै छन्, जसले पार्टी सिध्याउन खोजिरहेका छन्,’ अन्तर्वार्ताका क्रममा नेता नेपालले भने, ‘त्यस्तालाई कारवाही गर्न हामीले सकिरहेका छैनौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ ठूला कम्युनिस्ट पार्टी मिलेर एक बनेको नेकपाभित्र यी र यस्ता विवाद पटक–पटक देखिने गरेको कुरा नौलो विषय होइन । पछिल्लो समयमा अध्यक्षद्वयबीच केही अन्तरविरोध पैदा भइरहेको जस्तो देखिएको छ । यद्यपि नेकपाका कतिपय नेताहरू ‘जिउँदो’ पार्टीभित्र विचारमा मतभेद हुने कुरा सामान्य रहेको प्रतिक्रिया दिने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

प्रचण्डनिकट नेताहरूले पार्टी एकताताका भएको ५ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओली उदासिन देखिएको आरोप लगाउने गर्छन् । स्वयम् प्रचण्ड पनि आफूनिकट नेताहरूको छलफलमा पार्टी एकताको स्पिरिट अनुसार नचलेको गुनासो गर्ने गरेका छन् । 

Vianet communication

केही समयअघि पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रचण्डलाई पार्टी बैठकको अध्यक्षता गर्न नदिइएकोमा सार्वजनिक रूपमै असन्तुष्टि पोखेका थिए । गजुरेल प्रचण्डनिकट नेता हुन् । कतिपय नेताहरू भने अहिलेको परिस्थितिलाई ‘पर्ख र हेर’को रूपमा लिएका छन् । अध्यक्षद्वयबीच बढेको विश्वासको संकटलाई दुवै अध्यक्ष मिलेर हल गर्नुपर्ने धारणा राख्ने गर्छन् ।

ओली नयाँ सहमतिको खोजीमा !

आलोपालो प्रधानमन्त्री हुने सहमति कार्यान्वयन गर्ने हो भने त्यसका लागि नयाँ सहमति चाहिने ओलीले सार्वजनिक रूपमै प्रष्ट पारिसकेका छन् । शनिवार एक दैनिक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा ओलीले आलोपालो सम्झौता कार्यान्वयनका लागि थप नयाँ सम्झौता हुनुपर्ने बताए ।

‘मलाई लखेटेर हटाउन सायद सम्भव पनि छैन होला,’ ओलीले भने, ‘समझदारीका साथ हुने अपेक्षा हो भने यो समझदारीका साथ हुने अपेक्षाको यत्रो चर्चा कसरी भयो ?’

अन्तर्वार्तामा घुमाउरो पारामा प्रधानमन्त्री ओलीले प्रचण्डमाथि निशाना साँधेका थिए । आलोपालो सहमति कार्यान्वयन भएन भन्दै नेताहरूसँग प्रचण्डले गुनासो गरेको राजनीतिक वृत्तमा सुनिन थालेपछि ओलीले अन्तर्वार्तामार्फत जवाफ दिए, ‘अस्थिरता देखिने गरी ‘छोडिदिनुपर्‍यो, ल..ल.. अब छोडिदिइहाल्नुपर्‍यो’ जतिबेर पनि, जोसँग भेट भएपनि, जहाँ पनि, जसले पनि यो कुरा गर्नुको अर्थ समझदारी खल्बल्याउने प्रयास हो ।’

दशैंलगत्तै प्रचण्डले अन्य सचिवालय सदस्यहरूसँगको भेटघाट बाक्लो पारेका थिए । वरिष्ठ नेता नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलसँग प्रचण्डले भेट गरे । सबै भेटमा कुनै न कुनै रूपमा अध्यक्ष ओलीको कार्यशैलीमाथि टिप्पणी भएको थियो ।

‘पार्टी एकताताका भएका सहमतिहरू पूर्ण रूपले पालना गर्ने हो भने विवादको कुनै गुञ्जायस नै रहँदैन,’ प्रचण्डनिकट एक नेताले लोकान्तरसँग भने, ‘सहमति नयाँ–नयाँ चाहिने तर एकताताका भएका सहमतिहरू पालना गर्न नखोज्ने प्रवृत्ति पछिल्लो समयमा देखिएको छ । फेरि पनि अध्यक्षद्वयले निरन्तरको छलफलबाट यस्ता कुराहरू समाधान गर्नुको विकल्प छैन ।’

प्रचण्डलाई प्रधानमन्त्री बन्न कुनै हतारो नरहेको उनको दाबी छ । ‘आलोपालो सहमति कुनै विशिष्ट समयमा भएको थियो, त्यसको कार्यान्वयनका लागि थप समझदारी हुन आवश्यक पर्न सक्छ,’ उनले भने, ‘तर एकताताका अर्को भद्र सहमति पनि भएको थियो, सरकार ओली कमरेडले चलाउने र पार्टी प्रचण्ड कमरेडले चलाउने । कमसेकम दुईमध्ये कुनै एउटा कार्यान्वयन गर्ने दिशातर्फ त जानुपर्‍यो नि !’

महरालाई बलिको बोको बनाइएकोमा प्रचण्डको आपत्ति !

प्रचण्डले आफ्ना निकटस्थहरूसँगको भेटघाटमा यौन दुर्व्यवहारको आरोपमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई फसाउन ठूलै चलखेल रहेको बताउने गरेको स्रोत दाबी गर्छ । 

त्यसदिन पीडित भनिएकी रोशनी शाहीको घरमा पुगेपनि महराले दुर्व्यवहार नगरेको प्रचण्डको बुझाइ छ । यद्यपि सभामुख जस्तो मान्छे त्यसरी जानु नै गल्ती भएको भन्दै राजीनामासम्म गराउने सोचमा उनी थिए तर प्रक्रिया धेरै अघि बढ्यो । अहिले महराको मुद्दामा अनावश्यक टिप्पणी र चलखेल भएकोमा प्रचण्ड असन्तुष्ट देखिन्छन् । 

प्रधानमन्त्री ओलीले सोही अन्तर्वार्ताका क्रममा महरालाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत नेपाल सरकार र अमेरिकी सहयोग निकाय एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) बीच भएको अनुदान सहायतालाई संसदबाट पारित हुनबाट रोकेको आरोप लगाए । 

तर प्रचण्डको बुझाइमा ओलीकै दबाबमा महराले संसदको कार्यव्यवस्था परामर्श समितिमा विषय प्रवेश गर्नबाट रोकेका थिए । २०७५ माघ अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको अनुदान सहायतालाई ओलीले तत्काल संसदमा नलैजान आग्रह गरेका हुन् । 

अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्ताव लगेपनि कार्यव्यवस्था परामर्श समितिको छलफलमा त्यो विषय परेन । यदि अनुदान सहायता संसदबाट अनुमोदन भएको भए नेपाल घोषित रूपमै इन्डो–प्यासिफिक रणनीतिमा आबद्ध रहेको सन्देश जान्थ्यो । त्यसले चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमण अनिश्चित बनाउने सम्भावना रहन्थ्यो ।

एमसीसी सहायता अनुदान संसदबाट अनुमोदन नगराएको भन्दै हिरासतमा रहेका महरालाई दोषी देखाएका ओलीले चिनियाँ राष्ट्रपति शी फिर्ता भएलगत्तै इन्डो–प्यासिफिकको सेवा गर्न थालेको भन्दै प्रचण्ड झस्किएका छन् । 

‘टु प्लस वान’ र सिधै ‘थ्री’को लफडा  

गत शनिवार राजधानीस्थित भृकुटीमण्डपमा आयोजित नेकपाको चियापान कार्यक्रममा बोल्दै प्रचण्डले चीन, भारत र नेपालबीच ‘टु प्लस वान’को सम्बन्ध अघि बढेको बताए । 

आफू दुवै छिमेकीको भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीको प्रस्ताव अघि सार्दै आइरहेको स्मरण गर्दै प्रचण्डले भने, ‘म चीन भ्रमणमा जाँदा वा भारत भ्रमणमा जाँदा त्रिदेशीय साझेदारीको प्रस्ताव अगाडि सार्दै आएको थिएँ । ‘टू प्लस वान’ गरेर शी र मोदीबीच छलफल अगाडि बढ्न थालेको छ ।’

‘टु प्लस वान’ भनेको भारत र चीनको व्यापारिक साझेदारीभित्र नेपाल प्रवेश गरेर फाइदा लिने अवधारणा हो तर ओलीले यो अवधारणालाई खारेज गरे । 

‘टु प्लस वान’ होइन, ‘थ्री’ नै हो,’ ओलीले भने, ‘किन टु प्लस वान मान्ने ?’ भारत–चीन र नेपालबीचको सम्बन्धलाई बराबरी अस्तित्वका आधारमा हुनुपर्ने र छिमेकीको बीचमा घुसेर फाइदा लिन राम्रो नहुने ओलीको आशय छ ।

यो तथ्यले कुन रणनीतिका आधारमा त्रिदेशीय साझेदारी गर्ने भन्ने विषयमा पनि प्रचण्ड र ओलीबीच समान बुझाइ नभएको बरू समानान्तर बुझाइ भएको प्रष्ट पार्छ ।

पार्टी एकता प्रक्रियामा दुवै सहमत तर अझै अपूरो 

१६ महिनाअघि पार्टीको केन्द्रीय कमिटीको एकीकरण गर्ने बेलामा ३ महिनाभित्र एकताका बाँकी कामहरू पूरा गर्ने प्रतिबद्धता गरेका थिए दुवै अध्यक्षले तर हालसम्म पनि पार्टीभित्रको एकताले पूर्णता पाएको छैन । 
नेकपाले अब केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च र प्रवास विशेष कमिटीको नेतृत्व टुंगो लगाउन बाँकी छ । 

महत्त्वपूर्ण र ‘हेभीवेट’ कमिटीहरू एकता गरिसकेको नेकपाभित्र एकताका बाँकी कामहरू पूरा गर्ने प्रक्रियामा कुनै अवरोध देखिँदैन तर किन एकता प्रक्रियाले पूर्णता प्राप्त गर्न सकिरहेको छैन त ? यसको जवाफमा एक स्थायी कमिटी सदस्य भन्छन्, ‘एकतादेखि अहिलेसम्म आउँदा एउटा न एउटा विवाद बल्झिरहेको देखिन्छ । विवाद नभएका बेलामा महत्त्वपूर्ण कामहरू आइलाग्छन् । त्यसैले ढिलाइ हुन गएको हो ।’

विधि र पद्धति कुल्चने अनि कुण्ठा पाल्ने ?

स्थायी र केन्द्रीय कमिटी सदस्यहरूले बैठक नबसेकोमा गुनासो गरिरहेका छन् । विधि र प्रक्रिया मिचेर पार्टी अघि बढ्न खोजेको भन्दै नेतृत्वलाई पटक–पटक असफल दबाब दिने गरेका छन् तर अध्यक्षद्वयले टेरपुच्छर नलगाएको गुनासो उनीहरूको छ । 

स्थायी कमिटी सदस्य घनश्याम भुसाल विधि र प्रक्रियामा नजाँदा नेकपाभित्र समस्या आएको बताउँछन् । ‘पार्टीभित्र हरेक समस्या समाधान गर्ने विधि र प्रक्रिया छ,’ लोकान्तरसँग कुरा गर्दै भुसालले प्रतिप्रश्न गरे, ‘सहमति कार्यान्वयन भएन भन्दै दुःखेसो गर्दै हिँड्नुको के अर्थ छ ?’

अध्यक्षद्वयबीच भएको सहमति औपचारिक रूपमा स्थायी र केन्द्रीय कमिटी बैठकमा पेश नभएको र हल्लाका आधारमा आफू बोल्न नसक्ने भुसाल बताउँछन् । ‘यदि सहमति कार्यान्वयनमा समस्या हो भने के सहमति भएको हो, बैठक बोलाएर पेश गर्नुपर्‍यो । बैठकले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘आलोचनाबाट पर भाग्ने, विधि र पद्धति कुल्चने अनि मनमनै कुण्ठा पालेर हुन्छ ?’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x