फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
काठमाडाैं | बैशाख २४, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो ३ वर्ष देश अनावश्यक र अनुचित ढंगले सञ्चालन भएको आरोप लगाएका छन् ।
लोकान्तरको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसका क्रममा अध्यक्ष ओलीले अहिले भने देशले सकारात्मक दिशा लिएको बताए ।
'लगभग ३ वर्ष अनावश्यक र अनुचित ढंगले देशको सञ्चालन भयो, त्यसको तरिका सही र उपयुक्त नहुनाले नै अर्थतन्त्र बिग्रेको हो,' उनले भने ।
अहिलेको आर्थिक मन्दी कोभिड या नाकाबन्दी देखाएर समाधान नहुने उनले बताए । 'अहिले त्यतिबेलाको अपजस लगाएर यतिबेला हुँदैन,' उनले भने, 'नाकाबन्दी एक समयमा थियो, अहिले त्यसको नाम लिएर हुँदैन ।'
उनले मुलुकको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको र अर्थतन्त्र पनि सुधारोन्मुख रहेको बताए ।
तर अझै जनता निराश छन् नि भन्ने प्रश्नमा उनले भने, 'एकपल्ट मानिस निराश भइसकेपछि त्यो आशामा परिणत हुन समय लाग्छ । आशंका भइसकेपछि विश्वासमा परिणत हुन अलि समय लाग्छ ।'
उनले गलत नीति र गलत परिचालनका कारण अर्थतन्त्रका धेरै सूचक नकारात्मक बनेको र यसलाई नीतिगत रूपमा पनि सच्याउनुपर्ने बताए । 'व्यावहारिक रूपमा पनि सकारात्मक दिशामा लैजान प्रभावकारी कदम चाल्नुपर्छ,' उनले भने ।
उनले कतिपय देशमा सरकार परिवर्तन हुने तर अर्थतन्त्रमा कुनै समस्या नहुने उदाहरण दिए । 'इजरायलमा पनि धेरैपटक सरकार परिवर्तन भयो, तर त्यसले इजरायलको अर्थतन्त्रमा असर परेको छैन,' उनले भने ।
उनले थपे, 'आर्थिक रूपमा अगाडि बढ्न सरकारको ध्यान केमा छ भन्ने कुराले निर्धारण गर्छ । पहिला सरकार बनाउने ध्यान, त्यसपछि टिक्ने ध्यान, त्यसपछि भत्काउने ध्यान भयो भने केही हुँदैन ।'
यसका लागि एउटा मात्र दलले भूमिका खेलेर नहुने उनको जोड थियो ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...