×

NMB BANK
NIC ASIA

अदालतमा महरा

महराको बयान– 'रक्सी ७ वर्षदेखि छोएको छैन, त्यो दिन रोशनीले मलाई नै धम्की दिएकी थिइन्'

कात्तिक १५, २०७६

NTC
Premier Steels

काठमाडौं– संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अदालतसमक्ष इन्कारी बयान दिएका छन् ।

Muktinath Bank

जिल्ला सरकारी वकिलको कार्यालयले बिहीवार काठमाडौं जिल्ला अदालतमा जबरजस्तीकरणी उद्योगअन्तर्गतको मुद्दा दर्ता गरेपछि थुनछेक बहसअघि शुक्रवार अदालतमा महराको बयान भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेसमक्ष महराले इन्कारी बयान दिएको अधिवक्ता पद्मा आचार्य सुवेदीले लोकान्तरलाई जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

'उहाँले सम्पूर्ण आरोपहरूमा इन्कारी बयान दिनुभएको छ,' उनले लोकान्तरसँग भनिन् ।

Vianet communication

रोशनीको डेरातर्फ गएको हुँ, भित्र पसिनँ !

स्रोतका अनुसार महराले पीडित भनिएकी रोशनी शाहीसँग २०४७ सालदेखि आफ्नो पारिवारिक सम्बन्ध रहेको बयान दिएका छन् । 

'२०४७ सालदेखि नै उनी (रोशनी) को र हाम्रो पारिवारिक सम्बन्ध छ । उनको विवाहमा पनि मैले अभिभावकको भूमिका निर्वाह गरेको थिएँ । उनको श्रीमान/श्रीमती र हाम्रो परिवारबीच आउनेजाने भइरहन्छ ।'

रोशनी डिप्रेसनको रोगी भएको र मर्छु भनेर बेलाबेला आफूलाई धम्की दिने गरेको प्रसंग उल्लेख गर्दै महराले सो दिनपनि रोशनीको धम्कीपछि आफू उनको डेरातर्फ गएको तर फोन नउठेपछि फर्किएको बयान दिएका छन् ।

'रोशनीले धम्की दिइरहेपछि मैले उनको श्रीमानलाई फोन गरेँ, उनले फोन उठाएनन् । त्यसपछि रोशनीलाई फोन गरेँ, उनले पनि उठाइन् । फोन गर्दै म उनको डेरातर्फ गएँ । फोन नउठेपछि बाहिरैबाट फिर्ता भएँ ।'

विद्यार्थीलाई समेत कुटिनँ !

महराले आफूले शिक्षक छँदा विद्यार्थीलाई समेत एक लबेटा नलगाएको भन्दै आफूले कसैलाई कुटपीट गर्नै नसक्नै जिकिर गरेका छन् ।

'१२ वर्षसम्म पढाएँ । विद्यार्थीलाई समेत कहिल्यै पिटिनँ । सर, यसो गर्दा त विद्यार्थीले कहाँ टेर्छन् र भन्थे,' महराको बयान उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो ।

आरोप लगाइए जस्तैगरी यदि आफू त्यहाँ गएको र गलत नियत राखेर कुटपीट गरेको भए संवेदनशील अंगहरूमा घाउचोट लाग्नुपर्ने जिकिर पेश गर्दै महराले आफूले त रोशनीको हातखुट्टामा मात्र चोट रहेको भन्ने सुनेको बताएका छन् ।

महराले पार्टीभित्र पनि आफू भलाद्मी र समन्वयकारी छवीको नेताका रूपमा चिनिने कुरा उल्लेख गरेका छन् ।

'पार्टीभित्र पनि मलाई भलाद्मी र समन्वयकारी नेताको रूपमा चिनिन्थ्यो, कसले खै किन मलाई फसाउन खोज्यो थाहा भएन,' महराले बयानमा भनेका छन् ।

'डाक्टरको सल्लाहपछि ७ वर्षदेखि रक्सी खाएको छैन'

महराले आफूले ७ वर्षदेखि रक्सी नखाएको जिकर पनि गरेका छन् ।

कोलेस्ट्रोल र युरिक एसिडको समस्या भएपछि ७ वर्षदेखि डाक्टरको सल्लाहमा आफूले रक्सी नखाएकाले हिमालयन रिजर्भ भन्ने रक्सीबारे आफूलाई केही थाहा नभएको महराले बयानमा भनेका छन् ।

प्रहरीले रोशनीको कोठामा भेटिएको हिमालयन रिजर्भ ब्राण्डको रक्सीलाई समेत प्रमाणका रूपमा अदालतमा पेश गरेको छ ।

महराले घटनामा आफ्नो संलग्नता नरहेको बेहोराको निवेदन गत असोज १५ गते प्रहरीलाई निवेदन दिएको तर उक्त निवेदन उपर कुनै कारवाही र त्यसलाई अदालती प्रक्रियामा प्रवेश नराएको भन्दै गुनासो समेत गरेका छन् ।

गत असोज १९ गते बालुवाटारबाट पक्राउ परेका महरामाथि आजै काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । 

थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि जेल चलान गर्नेमध्ये एक आदेश हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x