०४ साउन २०८३, सोमबार

हस्पिटलका सटर नभत्काए प्रदेश सरकारले डोजर चलाउने

कात्तिक १९, २०७६
हस्पिटलका सटर नभत्काए प्रदेश सरकारले डोजर चलाउने

बुटवल - बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटललाई प्रदेश पाँच सरकारले विशिष्टिकृत सेवा प्रदान गराउने पहल सुरू गरेको छ । त्यसको पहिलो चरणमा हस्टिलका हाताभित्र (उत्तर र पश्चिम) मा रहेका व्यवसायिक सटरहरु हटाउन निर्देशन दिएको हो ।

प्रदेश ५ सरकारले सटर खाली गरेर पर्खाल बनाउने उद्देश्यले गत साउन ३० गते पत्रिकामा सूचना प्रकाशित गरी तीन महिनाभित्र सटर खाली गर्न समय दिएकोमा थप एक महिना समय थप गर्ने निर्णय भएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

तीन महिने सूचनाको म्याद कार्तिक ३० गते सकिंदैछ । मंसिर महिनाको भाडा नलिने गरी सटर खाली गर्न समय दिने र त्यो अवधिमा पनि अटेर गरे डोजर चलाएर खाली गरिने प्रवक्ता चौधरीले बताए ।

हस्पिटलका ७३ वटा व्यवसायिक सटरहरु छन । ति सटरहरुबाट हस्टिलको वार्षिक आम्दामी ८ करोड रुपैयाँभन्दा बढी थियो ।

सटर हटाएपछि आकर्षक पर्खाल बनाउने  र विशिष्टिकृत अस्पतालको रुपमा विकास गर्ने उद्देश्य अनुसार सटर खाली गर्न लागिएको मन्त्री चौधरीले बताए ।

‘लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा विकास गरिन्छ’ भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका प्रवक्ता चौधरीले भने, ‘मंसिर मसान्तभित्र सटरहरु खाली नगरे डोजर चलाएर भत्काइन्छ ।’

अस्पतालको सेवा सुधार गर्दै एक्सटेन्डेड हेल्थ सर्भिस अन्तर्गत नीजि अस्पतालमा जस्तै केही बढी शुल्क लिएर दोस्रो सिफ्टमा सेवा दिने योजना रहेको मन्त्री चौधरीले बताए । अस्पतालका डाक्टरहरु ड्युटी समयमै क्लिनिकमा धाउने प्रवृत्ति रोक्न पनि सटर हटाउने निर्णय गर्नुपरेको उनले खुलाए ।

मन्त्रिपरिषद वैठकले प्रादेशिक सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा काठमाडौं नयां बानेश्वरका ४५ वर्षिय अनुप बास्कोटालाई नियुक्त गर्ने निर्णय पनि गरेको मन्त्री चौधरीले जानकारी दिए ।

मन्त्रीपरिषद वैठकले प्राइभेट फर्म दर्ता नियमावली २०७६ लाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

स्वीकृत नयाँ नियमावली अनुसार ५ लाखसम्मको फर्म दर्ताका लागि एक हजार रुपैयाँ, ५ देखि २० सम्मको फर्मका लागि ५ हजार तथा २० लाख देखि ५० लाख सम्मको नयाँ फर्म दर्ता गर्न १५ हजार रुपैयाँ शूल्क लाग्ने छ । ५० लाख देखि १ करोड सम्मको फर्मका लागि २५ हजार तथा एक करोड भन्दा माथीका फर्महरुका लागि प्रतिकरोड थप ५ हजार रुपैयाँ शूल्क लाग्ने छ । यस्तै रुपन्देही,पाल्पा, बांके कपिलवस्तु रोल्पा र दाङमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना र सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्