×

NMB BANK
NIC ASIA

अयोध्यामा कहिलेसम्म बन्छ राम मन्दिर ?

कात्तिक २४, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको सर्वोच्च अदालतले शनिवार राम मन्दिर निर्माणको पक्षमा फैसला दिएपछि मन्दिर निर्माण कहिलेसम्म होला भन्ने जिज्ञासा धेरैले राखेका छन् ।

Muktinath Bank

विश्व हिन्दू परिषद्ले ३० वर्षअघि नै गुजरातका आर्किटेक्ट चन्द्रकान्त भाई सोमपुरालाई राम मन्दिरको नमूना तयार पार्न लगाएको थियो । चन्द्रकान्तले मन्दिर निर्माणको काम ५० प्रतिशत पूरा भइसकेको बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई हजार कालीगढले दिनको १० घन्टा काम गरेमा साढे दुई वर्षमा मन्दिर निर्माण पूरा गर्ने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

चन्द्रकान्तका हजुरबुवाले गुजरातमा सोमनाथ मन्दिर निर्माण गरेका थिए । सोमपुरा परिवार पुस्तौंदेखि मन्दिर निर्माण कार्यमा खटिएको छ । 

Vianet communication

चन्द्रकान्तले भने, ‘हाम्रो काम हेरेर नै ३० वर्षअघि परिषद्ले हामीसँग सम्पर्क गरेको थियो । अशोक सिंघलले हामीलाई मन्दिरको नमूना बनाउन भनेका थिए । त्यतिखेरै नमूना बनाइयो अनि चट्टान मिलाउने काम गर्न थालियो । मन्दिरको डिजाइन तयार पार्न ६ महिना लाग्यो । हामीले ६ पटक भिन्न भिन्न डिजाइन तयार पार्‍यौं । त्यसपछि सिंघल र उनको टोलीलाई नागर शैलीले बनेको डिजाइन मन पर्‍यो ।’

उनले भने, ‘भारतमा मन्दिर तीनवटा शैलीमा बन्ने गरेका छन् ः नागर, द्रविड र बैसर । राम मन्दिर नागर शैलीमा बनाइनेछ । उत्तर भारतमा यसकै प्रचलन छ । यस शैलीका मन्दिरको विशेषता भनेको आधारदेखि शिखरसम्म चतुष्कोणीय हुन्छ । राम मन्दिरको डिजाइन विशेष छ । यसको परिक्रममा वृत्ताकार हुन्छ भने गर्भगृह अष्टकोणीय हुन्छ । दुईतल्ले मन्दिरमा भुइँतल्लामा मन्दिर र माथिल्लो तल्लामा रामदरबार हुन्छ । त्यसका खम्बाहरूमा देवीदेवताका आकृति बनाइनेछन् । गुम्बदको काम पूरा भएको छैन, समय लाग्नेछ ।’

राम मन्दिरमा फलाम उपयोग गरिने छैन । निर्माणमा लगभग १०० करोड भारु खर्च लाग्नेछ । मन्दिरको चौडाइ १५० फीट, लम्बाइ २७० फीट र गुम्बदसम्मको उचाइ २७० फीट हुनेछ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x