×

NMB BANK
NIC ASIA

सरकारभित्रै अविश्वास

मलाई बर्खास्त गरे फेरिने राजनीतिक कोर्सको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्छः उपेन्द्र यादव

काठमाडाैं | बैशाख २६, २०८१

NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गरे त्यसबाट फेरिने राजनीतिक कोर्सको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै लिनुपर्ने बताएका छन् ।

Muktinath Bank

अमेरिका भ्रमणबाट फर्किएपछि बुधबार पत्रकार सम्मेलन गर्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले उत्पन्न हुनसक्ने राजनीतिक अस्थिरताका लागि पनि प्रधानमन्त्री नै जिम्मेवार बन्नु पर्ने स्पष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

’सरकारलाई हाम्रो समर्थन कायमै छ । हामीलाई बर्खास्त गरे त्यसबाट उत्पन्न हुने राजनीतिक अस्थिरताको कोर्सको कारक पनि प्रधानमन्त्री नै बन्नु हुन्छ,’ उनले भने, ‘उत्पन्न हुने राजनीतिक अस्थिरताका लागि पनि प्रधानमन्त्री नै जिम्मेवार बन्नु पर्छ ।’


Advertisment
Nabil box
Kumari

चेतावनीबीच पनि यादवले सरकारलाई आफ्नो समर्थन कायम रहेकोप्रति भने प्रतिबद्धता जनाए ।  ‘सरकारलाई दिएको समर्थन कायमै छ । तर अब विकसित परिस्थिति जसरी अगाडि बढ्छ, त्यसैगरी हामीले पनि कदम चाल्छौं,’ पार्टी फुटाउनेको नाम नलिइ उनले भने,’ सीसाको घरमा बस्नेले अर्काको घरमा ढुंगा हान्नु हुँदैन । त्यही ढुंगा फर्किएर आफ्नो घर पनि चकनाचुर हुन सक्छ ।’ 

Vianet communication

आफू सरकारकै कामको सिलसिलामा विश्व जनसंख्या दिवस सम्मेलनका लागि अमेरिका गएको बेला मौका छोपेर सुनियोजित तरिकाले षड्यन्त्रपूर्वक पार्टी फुटाएको उनले आरोप लगाए । 

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै यादवले आफू नरहेको मौका छोपेर केही सांसदहरूले आफ्नो व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा पूरा गर्नका लागि पार्टी फुटाएको बताएका हुन् ।

null

’म नभएको मौका छोपेर माधव नेपाल र उपेन्द्र यादव १/१ वर्ष तथा शेरबहादुर देउवा २ वर्ष प्रधानमन्त्री बन्ने गरी यो सरकारलाई ढाल्न लागिपरेको भनेर सरकारमै रहेका साथीले भ्रम छर्नु भयो । त्यो कपोलकल्पित, आधारविहीन, प्रायोजित ढंगले चलाएको अफवाह थियो,’ उनले भने, ’प्रधानमन्त्रीजीलाई पनि त्यही भ्रममा पार्नु भएको रहेछ । उहाँसँग भेटेर त्यो भ्रम निवारण गरेको छु ।’

आफूले नेपाली कांग्रेसका कुनै पनि नेतासँग चिया पसलमा समेत नभेटेको उनले दाबी गरे । पार्टीका नेताहरूलाई सबै दिएपनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र मन्त्री बन्नकै लागि पार्टी फुटाएको उनले आरोप लगाए ।

’मैले सांसद बनाएकै हो । मन्त्री पनि बनाएकै हो । संघीय परिषद् अध्यक्ष, वरिष्ठ नेतादेखि कार्यवाहक अध्यक्षसमेत बनाएको हो,’ यादवले थपे, ’तर, उहाँहरूलाई के पुगेको थिएन । मलाई भनेको भए त्यो पनि बनाउँथे होला ।’

निर्वाचन आयोगले गरेको दल दर्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा कानूनी रूपमा चुनौती दिने पनि उनले बताए ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x