नेपालमा लगानीको प्रचुर सम्भावना छ– गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको बताएका छन् ।

मिडिया इन्टरनेसनल, काठमाडौंले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राखे ।


Advertisement

वैदेशिक विभागको पछिल्लो तथ्यांकमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ ।

रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करीब ८ खर्ब विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ ।  


Advertisement

वित्तीय चेतना अभिवृद्धि पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ ।

प्रदर्शनी कक्षमा रहेका परामर्श दाताले अवलोकनकर्तालाई आ–आफ्ना वित्तीय संस्थाको लगानीको क्षेत्र, सम्भावना र चुनौतीका बारेमा जानकारी दिने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताए ।

सोमबारसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा बैंक, बीमा, नेपाल धितोपत्र बोर्ड, नेप्से, मर्चेन्ट बैंकर्स सङ्घ तथा शेयर विज्ञहरूले लगानीकर्तालाई लगानीका सम्भावित क्षेत्रका बारेमा जानकारी दिने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्