×

NMB BANK
NIC ASIA

अब सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग नगरे कारबाही

मंसिर ३, २०७६

NTC
Premier Steels

नेपालमा उत्पादन तथा बिक्री हुने सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सात वर्षअघिको विवाद पुनः ब्युँतिएको छ । उद्योग विभागले सात वर्षअघि सरकारले गरेको व्यवस्था कार्यान्वयमा ल्याउन सिमेन्टमा अनिवार्य लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने सूचना जारी गरेपछि विवाद ब्युँतिएको हो । 

Muktinath Bank

सर्वोच्च अदालतको फैसला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन थालिएको उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलालले बताए । सोहीअनुसार विभागले नेपालमा उत्पादन तथा बिक्री–वितरण हुने सबैखाले सिमेन्ट अनिवार्य रूपमा लेमिनेटेड बोरा प्रयोग गर्न सूचनासमेत जारी गरिसकेको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१५ जेठ ०६९ मा सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको थियो । उद्योग विभागले सोही सूचना १ असार ०६९ मा दैनिक पत्रिकामा प्रकाशित गरी ९० दिनभित्र लेमिनेटेड बोरा प्रयोगमा ल्याउन सूचित गरेको थियो । तर, उद्योगी डा. ताराप्रसाद पोखरेलले उद्योगीहरूका तर्फबाट उक्त सूचना खारेज गरिपाऊँ भनी सर्वोच्च अदालतमा रिट हालेका थिए ।


Advertisment
Nabil box
Kumari

सर्वोच्चले १८ भदौ ०६९ मा उक्त सूचना कार्यान्वयन नगरी–नगराई यथावत् राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो । त्यसको सात वर्षपछि सर्वोच्चले गत ३ वैशाख ०७६ मा अन्तरिम आदेश निष्क्रिय गरी रिट निवेदन खारेज ग-यो । सर्वोच्चको आदेशपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्ने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिँदै विभागलाई पत्राचार ग-यो । ‘सर्वोच्चको अन्तिम फैसला र मन्त्रालयको पत्रअनुसार हामीले यस व्यवस्थालाई कार्यान्वयनमा लगेका हौँ,’ उनले भने, ‘अब नेपालमा बिक्री–वितरण हुने सबैखाले सिमेन्टमा लेमिनेटेड बोरा प्रयोग गर्नैपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x