×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीलाई एक सातापछि मात्रै 'डिस्चार्ज' गरिने, कस्तो छ स्वास्थ्य अवस्था ?

मंसिर १४, २०७६

NTC
Premier Steels

प्रधानमन्त्रीको केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। उपचार टोलीका संयोजक प्रा.डा. अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको आत्मविश्वास बलियो छ। ‘फुल्ली कन्फिडेन्ट हुनुहुन्छ। उपचारका क्रममा निको हुनका लागि कन्फिडेन्टले शतप्रतिशत त होइन, ८०–९० प्रतिशत सहयोग गर्छ। कत्ति पनि आत्तिनुभएको छैन। यति आत्मविश्वास भएको व्यक्ति देखेको छैन’, सायमीले भने।

Muktinath Bank

निजी चिकित्सक डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको शारीरिक र बायोकेमिकल मापदण्डमा सुधार भइरहेको छ। रक्तचाप, नाडीको धडकन (पल्स), श्वासप्रश्वास राम्रो छ। रगत र पिसाबमा गरिने जाँच पनि अपेक्षाअनुरुप सुधार देखिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. दिव्यासिंह शाह भन्छिन्, ‘पाचनक्रिया बिस्तारै सामान्य अवस्थामा फर्कंदै छ। बिस्तारै हिँडाउन थालिएको छ। ठोस खाद्य पदार्थ मुखबाट दिन थालिएको छ। आहार पचाउन थाल्नुभएको छ।’


Advertisment
Nabil box
Kumari

मुख्य समस्या एपेन्डिसाइटिस भएर पेटमा फैलिएको संक्रमण थियो। त्यसको उपचार भएर नियन्त्रणमा आइसकेको डा. शाहले जानकारी दिइन्। उनले भनिन्, ‘पेट चिरेपछि घाउ त भइहाल्छ। घाउ निको हुन समय लाग्छ होला। त्यसपछि सामान्य अवस्थामा फर्कनुहुन्छ।’

Vianet communication

प्रधानमन्त्रीको अवस्था सुधारोन्मुख भएपछि सघन उपचार कक्षमा बसिरहँदा दिक्क लाग्न सक्ने अवस्था देखेर पत्नी राधिकाले चिकित्सकसँग परामर्श गरेकी थिइन्। ‘किताब पढेर सुनाउने वा सानो स्वरमा म्युजिक सुनाउन सकिने सल्लाह दिएका छौं’, डा. सायमीले भने।

एक सातापछि डिस्चार्ज

उपचार टिमका संयोजक डा. सायमीका अनुसार सबै कुरा सामान्य हुँदै गएमा एक साताभित्र डिस्चार्ज गर्न सकिने बताए। उनले भने, ‘घाउ बिस्तारै निको हुन थालेको छ। सबै चिज नियन्त्रणमा रह्यो भने अर्को सातासम्म डिस्चार्ज गर्न सकिन्छ।’

प्रत्यारोपण धकेलिन सक्ने

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित छ। मिर्गौला प्रत्यारोपणका लागि दुईजना नातेदार तयारी अवस्थामा छन्।

आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुपरेकाले प्रत्यारोपणको समय धकेलिएको हो। निजी चिकित्सक डा. शाह भन्छिन्, ‘सबैकुरा सोचे जस्तो भयो र एपेन्डिक्सको घाउ पनि छिटो निको हुँदै गएको अवस्थामा शल्यक्रियाकै कारण प्रत्यारोपण पछाडि सर्दैन। तैपनि अलि पछाडि जान सक्छ।’

मिर्गौला बिग्रेको अवस्थामा सातामा दुईतीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको एक महिना अवधिमा पाँच पटक मात्र डायलासिस गरिएको छ।

नेपालमा पनि मिर्गौला प्रत्यारोपण गर्न भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमै ६ सयभन्दा बढीको प्रत्यारोपण भइसकेको छ। ‘प्रत्यारोपणका लागि हामी सक्षम छौं। कहाँ गर्ने भन्ने टुंगो लागेको छैन’, डा. शाहले भनिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x