कांग्रेसले नेकपासँग प्रदेश सभासहित ७ र राजपासँग १ वडा खोस्यो [सूचीसहित]

यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा कांग्रेसले आफूले जितेका केही वडा तथा एक गाउँपालिका उपाध्यक्ष गुमाएर नेकपाबाट प्रदेश सभाको एक सीट र ६ वटा वडा खोस्न सफल भएको छ ।

अर्कोतर्फ उसले नेकपालाई एक गाउँपालिका उपाध्यक्ष र ७ वटा वडा सुम्पिएको छ ।


Advertisement

भक्तपुर क्षेत्र नम्बर १ (१) मा नेकपाको किल्ला तोडेको कांग्रेसले भरतपुर महानगरपालिका वडा नम्बर १६ र घोराही उपमहानगरपालिका – १६ मा पनि नतिजा उल्ट्याउन सफल भएको छ ।

भरतपुर नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निर्वाचन क्षेत्र हो भने घोराही प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा यौनदुर्व्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको क्षेत्रमा पर्दछ ।


Advertisement

यी हुन्, कांग्रेसले जितेका स्थान :

भक्तपुर क्षेत्र नं. १ (२)
कृष्णलाल भडेल (कांग्रेस) : १३४४९ (विजयी)
देवीप्रसाद ढकाल (नेकपा) : ११२०६
निरज लवजू (नेमकिपा) : ५८२९
(पहिला एमालेले जितेको)

घोराही उपमहानगरपालिका– १६ दाङ (वडाध्यक्ष)
ताराबहादुर डिसी (कांग्रेस) : १२१८
सुरेशबहादुर केसी (नेकपा) : १११७
जगलाल चौधरी (स्वतन्त्र) : ७२०
विमला पुन (समाजवादी) : ३१
(पहिला एमालेले जितेको)

भरतपुर महानगरपालिका– १६ चितवन (वडाध्यक्ष)
अमृतराज हमाल (कांग्रेस) : ३१८३ (विजयी)
भक्तराज हमाल (नेकपा) : २८७५ 
धनप्रसाद घले (नागरिक पार्टी) : ३९
अम्मरबहादुर थापा (समाजवादी) : २५
(पहिला एमालेले जितेको)

दोगडाकेदार गाउँपालिका – ४ बैतडी (वडाध्यक्ष)
सुरेन्द्र प्रसाद भट्ट (कांग्रेस) : ५८४ (विजयी)
नरेन्द्रप्रसाद भट्ट (नेकपा) : ४८४
देवसिंह खत्री (राप्रपा संयुक्त) : ६
(पहिला एमालेले जितेको)

धनपालथान गाउँपालिका– २ मोरङ (वडाध्यक्ष)
नारायणप्रसाद साह (कांग्रेस) : १७०१ (विजयी)
पंकजकुमार मण्डल (नेकपा) : १४९७
ज्योति पासवान (राप्रपा संयुक्त) : २४
चनरादेवी मण्डल (जनमत पार्टी) : ९
(पहिला एमालेले जितेको)

हिलिहाङ गाउँपालिका– ७ पाँचथर (वडाध्यक्ष)
तिलविक्रम इधिङ्गो (कांग्रेस) : ८४२ (विजयी)
गेहनाथ रिजाल (नेकपा) : ८१२
तुलप्रसाद लिम्बू (राप्रपा) : १२
(पहिला एमालेले जितेको)

मालारानी गाउँपालिका– ३ अर्घाखाँची (वडाध्यक्ष)
शोभाखर खनाल (कांग्रेस) : ११५९ (विजयी)
यमलाल खनाल (नेकपा) : १०५३
रणबहादुर खनाल (राप्रपा) : ४
(पहिला एमालेले जितेको)

गढीमाई नगरपालिका–२ रौतहट
दीपेन्द्र श्रेष्ठ (कांग्रेस) : ७७१ (विजयी)
जवार मिया (नेकपा) : ५९६
दिनेश दास (समाजवादी) : १२२
विजय महतो (राजपा) : १६
(पहिला रापजाले जितेको)

सूर्यना गाउँपालिका – १ बैतडी (वडाध्यक्ष)
गजेन्द्रबहादुर चन्द (कांग्रेस) : २१९ (विजयी)
धनबहादुर चन्द (नेकपा) : २१५
(पहिला कांग्रेसले जितेको)

खैरहनी नगरपालिका– ४ चितवन (वडाध्यक्ष)
देवबहादुर बस्नेत (कांग्रेस) : ११३८ (विजयी)
वेदबहादुर अधिकारी (नेकपा) : ९८६
अनोज अधिकारी (राप्रपा) : ८
(पहिला कांग्रेसले जितेको)

खैरहनी नगरपालिका– ५ चितवन (वडाध्यक्ष)
प्रतिमा कार्की (कांग्रेस) : ८४२ (विजयी)
पुननारायण प्रधान (नेकपा) : ७५६
बलराम चौधरी (नागरिक पार्टी) : ४७
(पहिला कांग्रेसले जितेको)

बलवा नगरपालिका– २ महोत्तरी
विपिन पजियार सुडी (कांग्रेस) : ४६१ (विजयी)
वृजलाल साह सुडी (राजपा) : ३५२
वीरेन्द्र कुमार साह (जनमत पार्टी) : २२३
कृष्णदेव साह (नेकपा) : ९१
(पहिला कांग्रेसले जितेको)

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्