×

NMB BANK
NIC ASIA

तान्त्रिक शक्ति देखेर सांसद नै चकित, तातो तेलमा हातदेखि जिब्रोमा त्रिशूलसम्म [भिडियो]

मंसिर १८, २०७६

NTC
Premier Steels

आजको आधुनिक समाजमा तन्त्रमन्त्रलाई अन्धविश्वास र असभ्यतासँग दाँजेर हेरिन्छ, जसप्रतिको जनविश्वास पनि घट्दो छ, तर कैलाली जिल्लास्थित आदिवासी थारू गुरुवाहरूले आफ्नो तान्त्रिक शक्ति प्रदर्शन गरेर अस्तित्व कायम रहेको सन्देश दिने प्रयास गरेका छन् ।

Muktinath Bank

कैलालीको गौरीगंगा नगरपालिका–१० उदासीपुरमा आयोजित लवांगी पूजामा गुरुवाहरूले तान्त्रिक शक्ति प्रदर्शन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सयभन्दा बढी गुरुवाको सहभागिता रहेको पूजामा गौरीगंगा नगरपालिका– ११ झन्झटपुरका गुरुवा लहानु डंगौराले मन्त्रको प्रभावले आफ्नै जिब्रोमा त्रिशूल रोपेर शक्ति देखाए ।


Advertisment
Nabil box
Kumari

गौरीगंगा नगरपालिका– १० का गुरुवा कालीचरण डंगौरा थारुले विनाडाडूपन्युले तेलमा रोटी पकाएर सहभागी पहुनाहरूलाई खुवाएर चकित पारे । उनले कराहीमा उम्लिदै गरेको तेलमा खाली हात हालेर रोटी पकाएका हुन् ।

Vianet communication

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सुदूरपश्चिम प्रदेश सभा सदस्य चुनकुमारी चौधरीले तान्त्रिक शक्तिको प्रयोगले पकाइएको रोटी खाएपछि आश्चर्य प्रकट गरिन् ।

उनले भनिन्– ‘म धेरै तन्त्रमन्त्र त विश्वास गर्दिन तर आज प्रत्यक्ष रूपमा मन्त्रको प्रभावले नांगो हातले तेलमा पकाएको रोटी खाना पाएँ । अझै पनि दैवी शक्ति अस्तित्वमा छ भन्ने झल्को आजको यो कार्यक्रमले दिएको छ ।’

यतिमात्रै होइन्, गौरीगंगा नगरपालिका–१० का अर्का गुरुवा गोपालदास डंगौराले तातो पन्युले हातमा हानेर देखाएका थिए । रातो देखिने पन्युले हातमा हान्दा उनको हातमा कुनै प्रभाव देखिएको थिएन ।

धानलाई पहिलो अन्नको रूपमा लिने थारू समुदायले धान उत्पादन भएपछि सबैभन्दा पहिले आफ्नो कुलदेवतालाई चढाउने र उपभोग गर्ने प्रचलन रहँदै आएको छ ।

विधिपूर्वक कुल देवतालाई अन्न चढाई आफ्नो श्रीसम्पतिको रक्षाका लागि पूजाअर्चना गर्ने कार्यलाई लवांगी पूजा भन्ने गरिएको थारू गुरुवा बैदवा समाज सेवा समितिका कैलाली अध्यक्ष रामप्रसाद पछलडगियाले बताए ।

उनका अनुसार कैलालीमा करीब ५ सय थारू गुरुवा तथा वैदवा रहेका छन् । 

सोमबार रातभरि थारू गुरुवाहरू ढाक अर्थात् गुरुवा उत्पादन गर्ने बेला बजाइने वाद्य उपकरण बजाई मन्त्रोच्चारण गरेर जाग्राम बसेका थिए ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x