भुटान फूटबलका अध्यक्षले फाइनलका लागि बौद्धनाथमा बाले १ हजार बत्ती

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फूटबलमा स्वर्ण पदकका लागि मंगलार नेपाल र भुटान आमनेसामने हुँदैछन् । खेल दिउँसो ३ बजेपछि दशरथ रंगशालामा हुनेछ ।

नेपाल साग फूटबलको साविक विजेता हो भने भुटानले फाइनल प्रवेश गर्दै इतिहास कायम गरेको हो । भोलि हुने खेलको विजेता टोलीले स्वर्ण पदक हात पार्दा उपविजेताले रजत पदकमा चित्त बुझाउने छ ।


Advertisement

स्वर्ण र रजतमध्ये जुनसुकै पदक जितेपनि भुटानका लागि त्यो ऐतिहासिक हुनेछ । फूटबलमा भुटानले अहिलेसम्म रजत पदक पनि हात पार्न सकेको छैन ।

भोलि हुने खेलमा जीत र खेलाडीहरूको सुरक्षाको कामनासहित भुटान फूटबल फेडेरेसन (बीएफएफ)का अध्यक्ष दाशो युगेन छेसुपले बौद्धनाथमा एक हजार बत्ती बालेका छन् ।


Advertisement

बत्ती बाल्दै गरेको तस्वीर बीएफएफको आधिकारिक फेसबूक पेजमा राखिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्