×

NMB BANK
NIC ASIA

जङ्गली हात्तीको आतङ्कबाट जोगिन अन्तरक्रिया गर्दै स्थानीयबासी

मंसिर २३, २०७६

NTC
Premier Steels

बस्तीमा पसेर हात्तीले धनजनको ठूलो क्षति पु¥याउने गरेकाले यसको नियन्त्रणका लागि यहाँका बासिन्दाले तालीम प्राप्त र दक्षजनशक्ति परिचालन गर्न सरकारसंग माग गरेका छन् ।

Muktinath Bank

झापाका १५ पालिकामध्ये सबैभन्दा बढी जङ्गली हात्ती प्रभावित क्षेत्र मेचीनगर नगरपालिकामा हात्तीको उपद्रो रोक्न आज सरोकारावाला निकायसँग आज यहाँ आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उनीहरुले हात्तीको आतङ्कबाट जोगिनका लागि हात्ती आएको सूचना स्थानीय बासिन्दालाई दिने प्रविधिको विकास गर्नुपर्ने आवश्यकता औंल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरका १५ वटा वडामध्ये ८ र १० बाहेक १३ वटा वडामा जङ्गली हात्तीले दैनिकजसो उपद्रो गर्दै आएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि, डिभिजन वन कार्यालय झापासहितको टोलीसँग अन्तक्र्रिया गरी यसको दीर्घकालीन समाधानका बारेमा छलफल भएको थियो ।


Advertisment
Nabil box
Kumari

सो अवसरमा नगरपालिकाका प्रमुख विमल आचार्यले दैनिकजसो आउने जङ्गली हात्तीले स्थानीयवासीको घर भत्काउने, अन्नबाली खाइदिने, ज्यान बचाउनका लागि दैनिक जाग्राम बस्नुपर्ने स्थिति रहेको बताउँदै यसको नियन्त्रणका लागि तालीम प्राप्त र दक्षजनशक्ति परिचालन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयसँग आग्रह गरे ।

Vianet communication

उनले हात्तीको आतङ्कबाट जोगिनका लागि जनता तटबन्धन कार्यक्रम र चेतनामूलक कार्यक्रमको आवश्यकता रहेको पनि बताए । उपप्रमुख मीना पोखरेल उप्रेतीले जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारबार नै उत्तम उपाय रहेको बताए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले हात्तीको समस्या दीर्घकालीनरुपमा समाधान गर्न पटकपटक धेरै उपाय अवलम्बन गरिए पनि नसकिएको बताए । उनका अनुसार झापाकै सामुदायिक वनमा रहेका १३ वटा रैथाने जङ्गली हात्तीले स्थानीयलाई दुःख दिइरहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रतिनिधि वीरेन्द्र गौतमले जङ्गली हात्तीलाई रोक्न बाहुनडाँगी क्षेत्रमा लगाइएको विद्युतीय तारवार मर्मत तथा सम्भारका लागि प्राविधिकसँग सहकार्य गरेर स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रम तथा तालीम प्रदान गरिने बताए ।

हात्तीले स्थानीयवासीको घर भत्काएर र भण्डारण गरेको अन्नपात खाएर क्षति पु¥याएको पीडितको भनाइ थियो । रातैपिच्छे हात्ती गाउँ पसेर दुःख दिन थालेपछि विशेष गरी वृद्घवृद्घा र स–साना केटाकेटी भएका घरमा भने धेरै समस्या पर्ने गरेको उनीहरुको भनाइ छ ।

जङ्गली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलामको जिर्मले–३ दुधेदेखि झापाको मेचीनगर–६ सम्म १८ किलोमिटर दूरीमा विद्युतीय तारबार निर्माण गर्नुअघि नेपाल छिरेका ती हात्ती भारत फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने गरेको कोषका प्रतिनिधि गौतमको भनाइ छ । छलफलमा नगरका सबै वडाका वडाध्यक्ष, विभिन्न सामुदायिक वनका प्रमुख प्रतिनिधि, महासङ्घका पदाधिकारीको सहभागिता थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x