×

NMB BANK
NIC ASIA

विकासमा बिजोग

हुलाकी सडकको पहिलो चरण नै अलपत्र, ४ लेनसम्म बनाउन दोस्रो ठेक्का

मंसिर ३०, २०७६

NTC
Premier Steels

कैलाली जिल्लामा हुलाकी सडक कालोपत्रेको पहिलो चरणको कार्य नटुंगिँदै अर्को चरणको ठेक्का प्रक्रिया पूरा भएको छ ।

Muktinath Bank

जिल्लाको धनगढी–भजनी–सत्ती खण्डमा ६२ किलोमिटर रहेको हुलाकी राजमार्गको बसन्ता वन क्षेत्र अन्तर्गत १८ किलोमिटर सडक कालोपत्रे हुन बाँकी रहेको छ । विक्रम संवत् २०७३ फागुनमै निर्माण सम्झौता भएपनि बसन्ता खण्डको कालोपत्रे हुन नसकेको हो तर सो अर्को चरणको कार्य अगाडि बढाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुलाकी राजमार्ग आयोजना धनगढीका अनुसार अर्को चरण अन्तर्गत हुलाकी राजमार्गको स्तरोन्नति हुने भएको छ । स्तरोन्नति गरेर यसलाई आवश्यकतानुसार ४ र २ लेनको बनाइने भएको छ । हुलाकी राजमार्ग स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मंसिर २७ गते २८ अर्ब ६१ करोड रुपैयाँको बहुवर्षीय ठेक्का स्वीकृत गरेको छ । मन्त्रालयले स्तरोन्नति गर्न सडक विभागलाई सहमति समेत प्रदान गरेको आयोजना प्रमुख रामपुकार जैसवालले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्रालयले धनगढीदेखि कटैनी नदीसम्म ३१ किलोमिटर, कान्द्रा नदीदेखि सत्तीसम्म १३ किलोमिटर र लम्की–टीकापुरसम्म २७ किलोमिटर राजमार्ग स्तरोन्नतिका लागि सहमति प्रदान गरेको हो । यसअघि भारत सरकारको सहयोगमा हुलाकी राजमार्ग निर्माण भइसकेको क्षेत्रमा कालोपत्रेको चौडाइ ३.७५ मिटर मात्रै रहेको छ । एउटा गाडीको लागि मात्रै कालोपत्रे हुँदा समस्या भएकाले लेन विस्तार गर्न लागेको जनाइएको छ । 

Vianet communication

राजमार्ग निर्माण हुन बाँकी रहेका खण्डमा अब ७ मिटर चौडा कालोपत्रे हुने आयोजना प्रमुख रामपुकार जैसवालले बताए । ‘यसअघि कालोपत्रे भइसकेको क्षेत्रमा भने स्तरोन्नति गरेर शहर वा गाउँ क्षेत्रको अवस्था हेरेर ४ र २ लेनको बनाइने छ,’ आयोजना प्रमुख जैसवालले भने । 

पहिलो चरणकै कालोपत्रे हुन बाँकी वन क्षेत्रको १६ किलोमिटरमा केही काम भएपनि बाँकी २ किलोमिटरमा रुख कटान नभएका कारण कुनै पनि काम अगाडि बढ्न सकेको छैन । धनगढी–भजनी–सत्ती खण्डको ४४ किलोमिटरमा भने भारतले कालोपत्रे गरेको थियो । राजमार्ग निर्माण हुन बाँकी रहेको खण्डको १६ किलोमिटरमा २ लेनको राजमार्ग निर्माण गर्ने कार्य भइरहेको छ । बाँकी २ किलोमिटरमा रुख कटान भएको छैन । रुख कटान आदेश प्राप्तिका लागि वातावरणीय प्रभाव मूल्यांकन समेत गरेर प्रक्रिया अगाडि बढाइसकेको आयोजनाको कार्यालयले जनाएको छ । 

‘विभागमार्फत फाइल अगाडि बढाउने कार्य भएको छ,’ आयोजना प्रमुख जैसवालले भने, ‘यद्यपि हालसम्म रुख कटानको आदेश प्राप्त भइसकेको छैन ।’

बसन्ता वनस्थित २ किलोमिटर क्षेत्रमा १२१ वटा रुख काट्नुपर्ने आवश्यक देखिएको जनाइएको छ । सो क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि ‘ओभर ब्रीज’ र ‘अन्डर ब्रीज’ बनाइए मात्रै राजमार्ग निर्माणको कार्यलाई अगाडि बढाउन दिने डिभिजन वन कार्यालय कैलालीले अडान लिएको थियो । जुन कारण काममा ढिलाइ भएको आयोजना कार्यालयको भनाइ छ ।

वातावरणीय प्रभाव मूल्यांकन गर्दा वन कार्यालयको चाहनालाई समावेश गरेर प्रतिवेदन तयार पारिएको जनाइएको छ । स्वीकृत भएको वातावरणीय प्रभाव मूल्यांकन अनुसार नै वन क्षेत्रमा वन्यजन्तु ओहोरदोहोरका लागि संरचना बन्ने जैसवालले बताए तर हाल कायम ठेक्काले त्यस्तो संरचना बन्ने अवस्था नरहेको बताउँदै उनले वन्यजन्तु ओहोरदोहोरका लागि संरचना बनाउन अर्को ठेक्का गर्नुपर्ने बताए ।

हुलाकी राजमार्ग अन्तर्गत नै धनगढीमा निर्माण भइरहेको धनगढी गाउँ–त्रिवेणी–भन्सार बाइपास रोडको निर्माण कार्य पनि सुस्त गतिमा भइरहेको छ । भौतिक संरचना हटाउने सम्बन्धी विवाद जारी रहेकाले निर्माण कार्यले गति नलिएको आयोजना प्रमुख जैसवालले स्वीकार गरे । धनगढीको क्याम्पस रोडदेखि भन्सारसम्म ६ किलोमिटर दूरीमा सडक निर्माण हुने भएको छ ।

भारत सरकारको १ अर्ब २६ करोड रुपैयाँ आर्थिक सहयोगमा सन् २०१० देखि कैलालीमा हुलाकी राजमार्ग निर्माणको कार्य शुरू भएको छ तर अझैसम्म टुंगिएको छैन ।

कञ्चनपुरमा पनि ढिलासुस्ती उस्तैै

कञ्चनपुरको डोकेबजार हुँदै दैजीसम्म निर्माण हुने हुलाकी राजमार्गको निर्माणको कार्य पनि सुस्तगतिमा अगाडि बढिरहेको छ । सीमा क्षेत्र नजिकबाट हुलाकी सडक बनिरहेकाले केही समय अगाडि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले २ देशको आपसी सहमतिपछि मात्रै सडक विस्तार गर्नुपर्ने भन्दै अवरोध पुर्‍याएपछि गति नलिएको हो ।

नेपाल सरकारबाट काम अगाडि बढाउन निर्देशन आएपछि सोही अनुसार काम भइरहेको आयोजना प्रमुख जैसवालले जानकारी दिए । कञ्चनपुरमा हुलाकी सडकको लम्बाइ ६२ किलोमिटर रहेको आयोजना कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x