×

NIC ASIA

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको भातृ संगठनहरूको नेतृत्वको विवाद झन् बढी उत्कर्षमा पुगेको छ ।

Muktinath Bank

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय समूहले नेविसंघको सभापति आफूले नपाए समानान्तर समिति गठन गर्ने आफ्नो तयारी रहेको बताएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेल पक्षबाट सभापतिका प्रत्यासी दिपक भट्टराईले अझै बुधवार बिहानसम्म कुनै सहमति जुट्न नसकेको बताए । ‘अहिलेसम्म सहमति जुट्न सकेको छैन,’ भट्टराईले लोकान्तरसँग भने, ‘यदि नेतृत्व हामीलाई नदिने हो भने हामी हरेक हिसाबले समानान्तर समिति गठन गर्न तयार भएर बसेका छौं ।’


Advertisment
Nabil box
Kumari

भट्टराईले आफ्नो समूहलाई बेवास्ता गरे नेतृत्वले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

Vianet communication

पौडेल पक्षबाट नेविसंघको सभापतिमा भट्टराई र मनोजमणि आचार्यले दाबेदारी पेश गरेका छन् भने सभापति देउवा पक्षबाट राजीव ढुंगानाले आफ्नो दाबी पेश गर्दै आइरहेका छन् ।

गत मंसिर २६ गते शुरू भएको कांग्रेस केन्द्रीय समिति बैठकलाई महाधिवेशन र विभाग गठनका विषयमा विवाद भएपछि पौडेलपक्षले निरन्तर बहिष्कार गर्दै आइरहेको छ । महाधिवेशन कार्यतालिकाका बारेमा सभापति देउवाले केन्द्रीय समितिमा छलफल गर्न तयार रहेको बताए पनि अन्य विषयमा सहमति जुट्न नसकेको हो । 

सहमति जुटाउनकै लागि गत शनिवार नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, दिलेन्द्र बडू र हृदयराम थानी सम्मिलित ४ सदस्यीय वार्ता समिति पनि गठन गरिएको थियो । 

वार्ता समितिले २ पक्षबीच सहमति जुटाउनका लागि दौडधूप गरिरहेपनि बुधवार बिहानसम्म कुनै सहमति जुट्न सकेको छैन । 

‘उहाँहरूले नेविसंघ वा तरुण दलमा एउटा सभापति माग गरिरहनुभएको छ,’ देउवापक्षीय एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘उहाँले मागेको दिए विधिसम्मत हुने र नदिए विधिसम्मत नहुने भन्ने तर्क ठीक छैन । हामीले बसौं, छलफल गरौं र उपयुक्त व्यक्तिलाई दुवै भातृसंगठनको जिम्मेवारी दिउँ भनेका छौं । यसमा गल्ती के भयो ?’

सहमति नजुट्दा बुधवार दिउँसो बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्योलमा परेको छ । 

सहमतिको अन्तिम प्रयास

गत मंसिर २६ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा महाधिवेशन कार्यतालिकामा छलफल गर्ने कुनै कार्यसूची नराखिएपछि पौडेल पक्ष ‘फायर’ भएको थियो । पौडेल पक्षले गरेको बहिष्कारका बाबजुद सभापति केन्द्रीय समितिको बैठक बसेको थियो ।

बैठकमा प्रस्तुत विभिन्न एजेण्डाहरूमध्ये २८ वटा विभागलाई बढाएर ४१ वटा बनाउने एजेण्डामा पौडेल पक्ष सहमत हुन सकेन । त्यसको भोलिपल्ट शुक्रवार बसेको बैठकमा पौडेल पक्ष उपस्थित भएन । 

‘हामीले प्याकेजमै सहमति गरौं भनिरहेका छौं तर सभापति मान्नुभएको छैन,’ पौडेल पक्षीय एक केन्द्रीय समिति सदस्यले लोकान्तरसँग भने, ‘बरू हामीलाई पार्टी फोरेर जाउ भन्ने सम्मको धम्की आएको छ । महाधिवेशन कार्यतालिका, विभागको संख्या र नेतृत्व, तरुण दल र नेविसंघका बारेमा प्याकेजमा सहमति गरेर निष्कर्ष निकाल्ने हाम्रो प्रस्तावलाई नमानेर पार्टी एकलौटी ढंगले चलाउन खोज्नु दुर्भाग्य हो ।’

उनले सभापतिले नेविसंघ या तरुण दलमध्ये एकको नेतृत्व दिनुपर्ने, ४० प्रतिशत विभागको नेतृत्व दिनुपर्ने र तत्काल महाधिवेशन कार्यतालिका ल्याएर छलफल गर्ने भए सहमति हुन सक्ने बताए । 

सहमतिका लागि बुधवार अपराह्न पौडेल निवास बोहोराटारमा पौडेलपक्षीय नेताहरू छलफलमा जुट्ने भएका छन् । नेताहरु कृष्ण प्रसाद सिटौला, प्रकासमान सिंह, शशांक कोइराला लगायतबीच आगामी महाधिवेशन, विभिन्न विभाग गठन र भातृ संगठनका बिषयमा एकमत बनाउने बारे छलफल गर्ने तयारी स्रोतले जानकारी दिएको छ । 

‘छलफलमा हामीले हाम्रो समान धारणा विकसित गर्नेछौं र तत्काल सभापतिलाई जानकारी गराउने छौं,’ बैठकमा सहभागी हुन बोहोराटार जान लागेका एक नेताले भने, ‘यदि हाम्रो कुरामा सभापति सहमत हुनुभएन भने नयाँ ढंगले अघि बढ्नेछौं ।’

सिटौला समूह निर्णायक !

भातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्वमा नेता कृष्णप्रसाद सिटौला समूहको पनि दाबी रहेको छ । नेविसंघको सभापतिमा सिटौला समूहले कुन्दन काफ्ले र युवराज पाण्डेलाई लैजानुपर्ने अडान राखेको छ भने तरुण दलमा नारायण भट्टराईको नाम अघि सारेको छ । 

तर नेविसंघ र तरुण दल दुवैमा यसअघि कै अनुपातमा आफ्ना प्रतिनिधिहरू राखिए सिटौला समूह सहमतिमा आउन सक्ने स्रोतको दाबी छ । ‘उहाँहरूले सभापति दाबी गर्नु स्वाभाविक हो, तर सहमतिको प्रक्रियामा उहाँहरू बाधक बन्नुभएको छैन । दुवै संगठनमा यसअघिकै अनुपातमा आफ्ना प्रतिनिधिहरू चयन भए उहाँ खुसी हुनुहुनेछ,’ स्रोतले लोकान्तरसँग भन्यो । 

यस विषयमा सिटौलाले अहिल्यै केही नबोल्ने बताए । ‘मेरो कुरा सहमतिमै अघि जानुपर्छ भन्ने हो, साथीहरू जुट्नुभएको छ । सहमति हुने आशा गरौं,’ सिटौलाले लोकान्तरसँग भने । 

१३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापति बनाउन सिटौलाकै निर्णायक मत थियो । अहिले पनि सभापति देउवा समूहले सिटौलासमूहलाई फकाउने रणनीति अख्तियार गरेको छ । यद्यपि पौडेल पक्षसँग साझा धारणा बनाउन उनी आज छलफलमा सहभागी हुनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x