×

NIC ASIA

लुम्बिनीको कृषि तथ्यांक अध्यावधिक गरिँदै

बुटवल | जेठ १३, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

हरेक सरकार र कार्यालयहरूले सार्वजनिक गरेका फरक-फरक तथ्यांकबाट योजना तर्जुमा तथा बजेट विनियोजनमा समस्या भएको गुनासो बढेको छ ।

लुम्बिनी प्रदेशमा भने सही तथ्यांक तयार गर्ने उद्देश्यका साथ कृषि तथ्यांक व्यवस्थापन गर्न लागिएको छ । निर्देशनालयले दुई वर्ष लगाएर तथ्यांकलाई एकरुपता दिन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसान संख्या, बाली क्षेत्र, उत्पादन र उत्पादकत्व लगायतका तथ्यांकमा समानता ल्याउँदै सञ्चालित कार्यक्रमबाट परिणाम देखाउने गरी कार्य गर्न कृषि विकास निर्देशनालय तथ्यांक व्यवस्थापनमा लागेको हो ।


Advertisment
Rupse Holidays
Nabil box

तथ्यांक व्यवस्थापनका क्रममा निर्देशनालयले गएका पाँच आर्थिक वर्षको तथ्यांक संकलन गरी अद्यावधिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल राष्ट्र बैँक, मातहतका कार्यालयहरुको समन्वयमा प्रकाशन हुने सबै तथ्यांकलाई एकरुपता बनाइएको कृषि विकास निर्देशनालयका कृषि अर्थविज्ञ डिल्लीराज पौडेलले बताए ।

Vianet communication

कृषि तथ्यांक अद्यावधिक गर्न क्षेत्रफलको अनुमान, बाली कटानीको आँकडा, सिँचाइ आयोजनाको कमाण्ड क्षेत्र र किसानहरुको छलफललाई आधार बनाइएको छ ।

तथ्यांकमा शुद्धता कायम राख्न नापी विभागबाट प्राप्त जग्गाको वर्गीकरण, तराईका जिल्लामा गरेको भौगोलिक सूचना प्रणाली र वालीहरुको तुलनात्मक विश्लेषणलाई मान्यता दिइएको निर्देशनालयले जनाएको छ ।

व्यवस्थापन गरिएको तथ्याङ्कलाई अब सम्बन्धित जिल्लाको स्थानीय तहसम्म पुर्‍याउने, संघ, प्रदेश र स्थानीय तहबाट कृषि तथ्याङ्क अद्यावधिकलाई एकरुपता ल्याउने र आगामी वर्षदेखि स्थानीय तह हुँदै जिल्ला, प्रदेशमा वर्षको ३ पटक तथ्याङ्कको प्रमाणीकरण गरी संघमा पठाउने व्यवस्था मिलाउने कृषि विकास निर्देशनालयका वरिष्ठ कृषि अर्थ विज्ञ हरि पण्डितले बताए ।

लुम्बिनी प्रदेशको कुल २२ लाख २८ हजार आठ सय हेक्टर क्षेत्रफलमध्ये ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जमिन छ । जसमा पाँच लाख ३५ हजार तीन सय ५१ हेक्टरमा मात्र खेती गरिएको छ  । खेती गरिएको कुल क्षेत्रफलको तुलनामा सिंचित क्षेत्रफल ४५ प्रतिशत छ ।

खाद्यान्न, नगदे, तेलहन, दलहन, मसला, तरकारी, फलफूल गरी एक सय १० वालीहरुलाई निर्देशनालयले प्रदेशमा खेती हुने वाली र त्यसलाई तथ्यांकमा समावेश गरेको कषि विकास निर्देशनालयका प्रमुख राम पाण्डेले बताए । 

अहिले सार्वजनिक भएका तथ्यांकहरु सन् १९८५ मा भएको भू–स्रोत नक्सांकन परियोजनाले गरेको गणनाका आधारमा भएको छ । आर्थिक वर्षका योजना तथा कार्यक्रमहरू समेत तीनै तथ्यांकलाई आधार मानेर बनाइँदै आइएको छ । ३९ वर्ष अघि नक्सांकन गरिएको तथ्यांकलाई थपघट गर्दै अहिलेको तथ्यांक प्रकाशन हुँदै आएको छ ।

यो बीचमा किसान संख्या घट्दै, खेतीयोग्य जमिन बाँझिदै तथा खण्डीकरण हुँदै गएको छ । अद्यावधिक नगरेको कृषि तथ्यांकका आधारमा योजना तर्जुमा तथा बजेट विनियोजन हुँदा परिणाम अपेक्षा गरे अनुसार बढ्न नसक्ने प्राविधिकहरूको भनाइ छ ।

कृषि तथ्यांकलाई एकरुपता बनाउन निर्देशनालय मातहतका कार्यालय तथा स्थानीय तहका प्राविधिकहरूलाई बेला बेला तालिमको व्यवस्था समेत निर्देशनालयले गर्ने गरेको छ ।

अझ तराईका जिल्लामा भौगोलिक सूचना प्रणाली लागू गर्ने गरी तथ्यांक अद्यावधिक गर्ने भनिए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

लुम्बिनी प्रदेशको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ४० प्रतिशत छ । सही तथ्यांक अद्यावधिक भए भविष्यमा हुने आय-व्ययको अनुमानित लेखा सहज हुनेछ ।

यसले लक्षित समुदायसम्म कार्यक्रम सञ्चालन गर्न र कार्य सम्पादनमा समेत सहयोग मिल्ने विश्वास लिइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x