२० असार २०८३, शनिबार

गुल्मीको इस्मामा गोठ जलेर एक जनाको मृत्यु

पुस ५, २०७६
गुल्मीको इस्मामा गोठ जलेर एक जनाको मृत्यु
सन्दर्भ तस्वीर

गुल्मीको इस्मा गाउँपालिका-३ तोरीपाटामा गोठमा आगो लाग्दा एक जनाको ज्यान गएको छ ।

स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा शुक्रवार राति आगो लागेको छिमेकी सुरज बमरेलले जानकारी दिए ।

जलेको अवस्थामा एक जनाको शव रहे पनि पहिचान नभएको इस्मा प्रहरी चौकीका प्रहरी हवल्दार दया बहादुर अधिकारी जानकारी दिए । गोठ भएको घरका कोही व्यक्ति नभएकाले शव छिमेकी वा बाहिरको भन्ने अनुसन्धान भइरहेको अधिकारीले बताए । गोठमा रहेका भैंसी र गोरु पनि जलेको अवस्थामा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्