पूँजीवादले फाइदा भन्दा पनि बेफाइदा गरिरहेको अधिकांश मानिसहरूको विश्वास

संसारभरिका बहुसंख्यक मानिसले अहिलेको स्वरूपको पूँजीवादबाट फाइदा भन्दा पनि बेफाइदा भइरहेको विश्वास गरेको एक सर्वेक्षणले पत्ता लगाएको छ । 

एडलम्यान ट्रस्ट ब्यारोमिटरले दुई दशकयता दशौं हजार मानिसमाझ सर्वेक्षण गरेर त्यसको परिणाम अहिले सार्वजनिक गरेको हो । सर्वेक्षणमा पूँजीवादलाई कसरी हेरिएको छ भनी बुझ्ने कोशिश गरिएको छ ।


Advertisement

अध्येताहरूले असमानता बढिरहेका कारण नागरिकहरूलाई पश्चिमको पूँजीवादी लोकतन्त्रका विषयमा आधारभूत आशंका उब्जाएको हो कि भनी सोध्न प्रेरित गरेको बताए । 

अमेरिकी सञ्चार कम्पनी एडलम्यानले गराएको अध्ययनका प्रमुख अनुसन्धाता डेभिड बेरसोफले भने, ‘मानिसहरू अहिले हामीसँग भएको र हामी बसेको संसारले सुखद भविष्य निश्चित गर्छ त भनी प्रश्न गरिरहेका छन् ।’


Advertisement

सर्वेक्षणमा पश्चिमी उदारवादी लोकतन्त्र रहेका २८ देशमा ३४ हजार मानिसलाई सहभागी गराइएको थियो । त्यसमा ५६ प्रतिशतले अहिले अस्तित्वमा रहेको पूँजीवादले संसारलाई फाइदा भन्दा बढी बेफाइदा गर्छ भने । 

यो सर्वेक्षण राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाका सिद्धान्तहरूलाई जाँचनका लागि सन् २००० मा शुरू गरिएको थियो । फुकुयामाले कम्युनिजमको पतन भएपछि उदारवादी पूँजीवादी लोकतन्त्रले विरोधी विचारधारहरूलाई परास्त गरेको र यसले गर्दा इतिहासको अन्त्य भएको घोषणा गरेका थिए । 

तर यस निष्कर्षलाई आलोचकहरूले चुनौती दिएका छन् । उनीहरूले चीनको प्रभाव बढिरहेकोदेखि निरंकुश नेताहरू विस्तार भएको, व्यापारमा संरक्षणवाद हावी भएको र सन् २००७–०८ मा आएको आर्थिक मन्दीका कारण असमानता बढेको कुरालाई यसमा इंगित गर्ने गरेका छन् ।

रोयटर्सबाट

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्