×

NMB BANK
NIC ASIA

खानेपानी आयोजनाले ल्यायो खुशी

माघ ८, २०७६

NTC
Premier Steels

घण्टाैं लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् । 

Muktinath Bank

बेलचौरकी हीरा खनालले भने, 'पहिला खानेपानी लिनको लागि गाउँदेखि तल रहेको धुवादी कुवामा जानुपथ्र्यो अहिले घरमै पानीको धारा आएपछि निकै खुशी लागेको छ ।' पानीको सुविधा भएपछि उनले करेसाबारीमा बन्दागोभी, मुला, साग, लसुन, प्याजलगायतका तरकारी खेतीसमेत शुरू गरेका छन् । 
 
अर्की स्थानीयवासी देवकी खनाल पनि घरमै पानीको धारा आएपछि दङ्ग परेकी छन् । पानीको अभावमा कुवार खोला चाहर्दै हिँडेको सम्झँदै खनालले भनिन्, ‘'खानेपानी आयोजनाले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको महसुस गरेका छौँ । पहिला पानीकै कारणले मेलापालसँगै अन्य काम भ्याउन कठिन थियो । अहिले घरको कामसँगै समय निकालेर तरकारी लगाउन थालेका छौँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेलचौर लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष निमप्रसाद खनालले रु दुई करोड २० लाखको लागतमा अयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। सो आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी प्रदेश सरकारले रु एक करोड ७० लाख र उपभोक्ताबाट रु ३० लाख बराबरको जनश्रमदान गरी कुल रु दुई कारोड २० लाखको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ ।
 
कालीगण्डकी नदीको किनारबाट करीब २४० मिटरको उचाइमा पानी तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताए। गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले पानीको समस्या भएका वडामा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर खानेपानीको सुविधा उपलब्ध गराइने बताए।  
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x