×

NMB BANK
NIC ASIA

हिजो दिनभर : सभामुखका एक्ला उम्मेदवार सापकोटाविरुद्ध सर्वाेच्चमा रिट, राष्ट्रपतिका सल्लाहकारले दिए पदबाट राजीनामा

माघ ११, २०७६

NTC
Premier Steels

हेग लैजान्छु भन्ने लेनिन विष्टकै कार्यक्रममा प्रचण्ड प्रमुख अतिथि !

लेनिन विष्ट नेतृत्वको बहिर्गमित जनमुक्ति सेना नेपालले आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित हुने भएका छन् ।

Muktinath Bank

विष्ट तिनै व्यक्ति हुन् जसले बारम्बार प्रचण्डलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत हेग लैजाने धम्की दिइरहेका हुन्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार अपराह्न साढे १ बजे ललितपुरमा आयोजना हुने पूर्व बाललडाकुको जीवनयापनबारे अन्तरसंवाद कार्यक्रममा प्रचण्ड, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुनलगायत सहभागी हुने भएका छन् ।


Advertisment
Nabil box
Kumari

'सरकारले पूर्वबाल लडाकुहरूलाई हेपिरहेको र उनीहरूको जीवन दिनप्रतिदिन कष्टकर हुँदै गइरहेको परिप्रेक्षमा हामीले सत्तारूढ दलका अध्यक्ष प्रचण्डलाई नै बोलाएर अन्तरक्रिया गर्न लागेका हौं,' विष्टले लोकान्तरसँग भने ।

Vianet communication

यता प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा 'जुगल'ले पनि विष्टले आयोजना गरेको कार्यक्रममा प्रचण्ड सहभागी हुने पुष्टि गरे ।

'आज पाटनढोकामा पूर्व बालसैन्यको जीवनयापनबारे हुने अन्तरसंवादमा अध्यक्षज्यू जाने कार्यक्रम छ,' जुगलले लोकान्तरसँग भने । 

१३ वर्ष अगाडि आजकै दिन (माघ १० गते) अनमिनको रोहबरमा लडाकु शिविरबाट बाल सेनालाई औपचारिक रूपमा बिदाइ गरिएको थियो ।

त्यतिबेला उमेरका कारण अयोग्य भएर शिविर छोडेका तत्कालीन बाल लडाकुहरूले विष्टको नेतृत्वमा संगठन बनाएर हकहितका लागि लडिरहेका छन् । 

बाल लडाकुलाई बेवास्ता गरेको भन्दै विष्टले प्रचण्डलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत हेग लैजाने धम्की दिइरहेका हुन्छन् ।

विष्टले नेदरल्यान्डसस्थित हेग पुगेर अन्तर्राष्ट्रिय फौजदारी अदालत परिसरमा खिचिएको फोटो समेत सार्वजनिक गरेका थिए ।

त्यहाँ कानून व्यवसायीहरूसँग परामर्श समेत गरेको उनको दाबी रहँदै आएको छ ।

अहिले तिनै विष्टले प्रमुख अतिथिका रूपमा बोलाउनु र प्रचण्ड सहभागी हुनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वाेच्चमा रिट

प्रतिनिधिसभा सभामुख पदको निर्वाचन प्रक्रियामा एकल उम्मेदवार बनेका अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले काभ्रेका अर्जुन लामाको हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउँदा लोकतन्त्रको मन्दिर संसदकै अपमान हुने दाबी गर्दै रिट दायर गरेका छन् ।

रिट निवेदनमा सापकोटालाई सभामुख निर्वाचित नगर्न/नगराउन आदेशको माग गरिएको छ । आगामी माघ १२ गतेका लागि सभामुखको निर्वाचन तोकिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार सापकोटा एक्लै उम्मेदवार भएकाले उनी निर्विरोध सभामुख निर्वाचित हुने जनाइएको छ ।

राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले दिए पदबाट राजीनामा

राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले राष्ट्रपति भण्डारीलाई शुक्रवार राजीनामा पत्र बुझाएका हुन् ।

'सुदृढ लोकतन्त्रका लागि कानूनका सामु  सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेको हुँ,' प्याकुरेलले राजीनामा पत्रमा लेखेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेल २०७४ साल चैत ९ गते राष्ट्रपतिको सल्लाहकारमा नियुक्त भएका थिए ।

राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सल्लाह दिने गरी उनलाई नियुक्त गरिएको थियो ।

स्रोतका अनुसार अग्नि सापकोटालाई सभामुख पदको उम्मेदवार बनाउने निर्णयप्रति प्याकुरेल असन्तुष्ट थिए ।

दिपक मनाङ्गेको झापड खाने मिलन गुरुङ पनि पक्राउ

गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङ्गे भनिने राजिव गुरुङबाट झापड खाएका एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

अध्यक्ष गुरुङको उजुरीका आधारमा सांसद मनाङ्गे पक्राउ परेको भोलिपल्ट शुक्रवार प्रहरीले पोखराको न्युरोडबाट उनलाई समेत पक्राउ गरेको हो ।

बैंकिङ कसूर सम्बन्धित अभियोगमा प्रहरीले गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए । गत वर्ष आयोजना गरिएको मनकामना कप फूटबल प्रतियोगिता सम्बन्धी कारोबारमा खातामा पैसा नभएको चेक दिएको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको छ ।

गुरुङको उजुरीका आधारमा पक्राउ परेका मनाङ्गेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ भने गुरुङ समेत प्रहरी हिरासतमा पुगेका छन् । गत मंगलवार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला सांसद मनाङ्गेले झापड हानेको घटना चर्चामा छ । मनाङ्गेविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

चितवन पुगेर प्रचण्डले भने– अग्नि सापकोटामाथि कुनै मुद्दा छैन

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् ।

भरतपुरमा शुक्रवार पत्रकारहरूसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए ।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, 'मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।'

सिङ्गै संसद्ले सापकोटालाई स्वीकार गरिसकेको भन्दै उनले थपे, 'उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।'

दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए ।

प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराखेको भन्दै दाहालले प्रश्न गरे, 'यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।'

प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उनले बताए । दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै भरतपुर आएका हुन् ।

बुढानीलकण्ठमा सहमतिको 'ग्रीन सिग्नल'पछि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक 

आन्तरिक विवादमा रुमल्लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्ण पौडेलले बैठक सोमवार अपराह्न १ बजे बोलाइएको जानकारी दिए ।

लामो समयदेखि कांग्रेसभित्र देखिएको विवाद हल गर्न शुक्रवार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले सहमति जुटाएपछि केन्द्रीय समितिको बैठक बोलाइएको हो  ।

बैठकमा उपस्थित सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अन्य शीर्ष नेताबीच केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अन्य विषयमा सहमति भएको स्रोतले दाबी गरेको छ ।

स्रोतका अनुसार २०७७ को फागुन ७ देखि १० सम्मका लागि तय गरिएको केन्द्रीय महाधिवेशनको कार्यतालिका यथावत राख्न असन्तुष्ट पक्ष सहमत भएको छ ।

गत पुस ११ गते वरिष्ठ नेता पौडेलपक्षीय नेताहरूको अनुपस्थितिमै बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनको कार्यतालिका, विभागको संख्या बढाउने, तरुण दलको म्याद थप्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको थियो ।

वरिष्ठ नेता पौडेलले केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरू मान्य नहुने भन्दै औपचारिक बैठकमा सहभागी नहुने घोषणा गरेका थिए ।

'उहाँहरू केन्द्रीय समितिले गरेका निर्णयहरू सच्याउन तयार हुनुभएको छ,' पौडेलपक्षीय एक नेताले लोकान्तरसँग भने, 'हामी १३ गतेको केन्द्रीय समितिको बैठकमा उपस्थित हुन्छौं । त्यतिबेला गरेका सहमति सच्याएर त्यसलाई वैधानिकता दिन्छौं ।'

उनले पार्टीभित्र देखिएको विवाद बाहिर नलैजानेसमेत सहमति भएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x