×

NMB BANK
NIC ASIA

विद्यालयमै अन्धविश्वासको पराकाष्ठ : विद्यार्थी मुर्छा पर्दा डाक्टर होइन, धामीझाँक्री देखाएर पुराण लाउने तयारी

माघ १३, २०७६

NTC
Premier Steels

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीस्थित पशुपति माध्यमिक विद्यालयका कक्षा आठदेखि १० सम्मका २४ छात्रामा मास हिस्टेरिया (कन्भर्जन डिसअर्डर) देखिन थालेको डेढ महिना बितेको छ । तर, शिक्षक र अभिभावक उनीहरूलाई डाक्टरकहाँ लैजानुको सट्टा विद्यालयमै धामीझाँक्री लगाइरहेका छन् । पछिल्लोपटक त ‘माता’को सल्लाहअनुसार छात्रालाई निको पार्न भन्दै विद्यालयले श्रीमद्भागवत पुराण लगाउने तयारी गरेको छ ।

Muktinath Bank

विद्यालय समयमा छात्राहरू चिच्याउने, कराउने र मुर्छा पर्ने समस्या देखिन्छ । यसो हुनुमा ‘विद्यालयमा भूतप्रेत पसेको’ अभिभावक र शिक्षकको बुझाइ छ । त्यही अन्धविश्वासका आधारमा विद्यालयमा दुईपटक धामी बोलाएर झारफुक गरियो । काँकडभिट्टाको नकलबन्दा बस्ने ‘झाँक्री माता’कहाँ छात्राहरूलाई पटक–पटक लगियो । उनकै सल्लाहअनुसार विद्यालयले २३–२९ माघमा श्रीमद्भागवत पुराण लगाउने तयारी गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विद्यालयमा दुईपटक धामी राख्यौँ । खासमा धामीप्रति हामीलाई पनि विश्वास छैन । तर, अभिभावक मान्नुहुन्न,’ प्रधानाध्यापक लक्ष्मण प्रधानले भने, ‘अब पुराण पनि यही कारण लगाउँदै छौँ । यही मौकामा उठेको पैसाले विद्यालयका लागि बस किन्ने योजना छ ।’विद्यालयका तत्कालीन प्रधानाध्यापक टंगबहादुर बरालको करिब पाँच वर्षअघि दुर्घटनामा मृत्यु भएको थियो । धामीले उनकै आत्मा घुमिरहेको भनेका कारण झाँक्री राखिएको शिक्षकहरू बताउँछन् । बरालले विद्यालयमा पुराण लगाउने योजना बनाए पनि सफल नभएका कारण आत्मा भड्किएको अन्धविश्वास शिक्षकमा समेत छ । 


Advertisment
Nabil box
Kumari

धामीझाँक्री र ‘माता’लाई देखाउनेदेखि पुराण लगाउनेसम्म तयारी गरेको विद्यालयले अहिलेसम्म चिकित्सकसँग भने सल्लाहसमेत गरेको छैन । ‘साइक्याट्रिककहाँ लैजाउँ भनेको हो । तर, अभिभावक मान्दैनन्,’ प्रधानाध्यापक प्रधानले भने, ‘विद्यार्थी पनि काम्दै माताकहाँ लैजानू भन्छन् ।’ विद्यालय आउँदा मात्रै बिरामी हुने र घरमा केही नहुने भएका कारण धामीको विश्वास गरिएको अभिभावक सीमा काफ्लेले बताएन् । ‘मेरी छोरी कक्षा ९ मा पढ्छे । ऊ स्कुल आउँदा सधैँ बिरामी हुन्छे । घरमा लाँदा ठीक हुन्छ,’ उनले भनिन्, ‘यो धामीझाँक्रीले लगाउने बिमार हो । स्कुलमा पक्कै केही छ । त्यसकारण पुराण लगाउनुपर्छ ।’

Vianet communication

पढाइ नै प्रभावित
कक्षा ८ मा अध्ययनरत दीक्षा प्रधानलाई कक्षाकोठामा पढ्न थालेपछि एक्कासि काम छुट्छ र मुर्छा पर्छिन् । उनीलाई यस्तो हुन थालेको तीन दिन भयो । ‘एकैचोटि काम छुट्छ । त्यसपछि केही थाहा हुँदैन । पछि निको हुँदा त हातखुट्टा दुखेर सहनै सक्दिनँ,’ उनले भनिन्, ‘घरमा भने केही हुँदैन ।’  छात्राहरू मुर्छा पर्ने, ¥याल काट्ने, हातखुट्टा बाँध्नेलगायत समस्याले हैरान भएको शिक्षकहरू बताउँछन् । ‘एउटा विद्यार्थी एक–दुई घन्टासम्म बेहोस् हुन्छन्, घरै पुर्‍याउनुपर्छ,’ शिक्षक गोकुल सुवेदीले भने, ‘छात्राहरू एकैपटक चिच्याउँछन् ।’ छात्राहरू मुर्छा पर्न थालेदेखि पढाइ प्रभावित भएको उनले बताए । ‘कक्षाकोठामा पढाउन थालेपछि झन् धेरै बिरामी पर्छन् । कसरी पढाउने ? अघिल्लो हप्तासम्म त दिउँसो १ बजेसम्म पढाउँदै थियौँ । केही दिनयता त त्यो पनि हुन छाड्यो । छात्राहरू बिहानदेखि नै बेहोस हुन थाले,’ उनले भने ।

धामीझाँक्री लगाइनु गलत : नगरपालिका
विद्यालयले छात्राहरूको समस्याबारे मेचीनगर नगरपालिकालाई पत्र लेखेर जानकारी गराएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले यसबारे अध्ययन पनि गरेको छ । तर, विद्यार्थी र शिक्षकले भने छात्राहरूको समस्याबारे जानकारी पाएका छैनन् ।  ‘छात्राहरूलाई मास हिस्टेरिया भएको हो । जसलाई अहिले कन्भर्जन डिसअर्डर भनिन्छ,’ मेचीनगर नगरपालिका स्वास्थ्य शाखाका डा. सुधाकर झा भन्छन्, ‘यो सामान्य रोग हो आत्तिनुपर्दैन ।’ कन्भर्जन डिसअर्डरमा धामीझाँक्री लगाइनु गलत भएको उनी बताउँछन् । ‘धामीझाँक्री होइन, उनीहरूलाई काउन्सिलिङ खाँचो छ,’ उनी भन्छन्, ‘केही भएको होइन भनेर काउन्सिलिङ गर्नुपर्छ । अनि बिस्तारै ठीक हुन्छ ।’

वडाध्यक्ष भन्छन्– विद्यार्थीलाई निको पार्न पुराण लगाएको होइन
मेचीनगर–४ का वडाध्यक्ष नवीन बराल विद्यालयका छात्राहरूमा समस्या देखिएको भए पनि बिरामी निको पार्न पुराण नलगाइएको दाबी गर्छन् । तर, प्रधानाध्यापक प्रधानले भने वडा नम्बर ४ का जनप्रतिनिधिसँगको सल्लाहमै सबै समस्या सुनाएर पुराण आयोजना गरेको बताएका छन् । ‘विद्यालयमा समस्या छ । तर, पुराण यसकै लागि लगाएको होइन,’ बरालले नयाँ पत्रिकासँग भने, ‘विद्यालयमा स्कुल बस किन्न पुराण लगाउने निर्णय गरेका हौँ ।’ उनले विद्यार्थीमा देखिएको समस्याका विषयमा डाक्टरसँग परामर्श गरेको बताए । तर, कुन डाक्टरसँग परामर्श गर्नुभयो ? र उहाँले के भन्नुभयो भन्दा उनले जवाफ दिन सकेनन् ।

‘झाँक्री माता’ भन्छिन्– स्कुलमा भूतप्रेत छ, पुराण लगाउनैपर्छ
काँकडभिट्टास्थित नकलबन्दामा बस्छिन् ‘झाँक्री माता’ । आफूलाई शक्तिशाली बताउने उनी सक्कली नाम भन्दिनन् । उनले नै विद्यालयमा पुराण लगाउन सुझाब दिएकी हुन् । ‘यस्ता बिरामी त मकहाँ कति आउँछन् आउँछन्,’ नयाँ पत्रिकासँग उनले भनिन्, ‘मैले भनेको मान्ने हो भने केही गर्नुपर्दैन, बिरामी आफैँ निको हुन्छ ।’

विद्यालयमा भूतप्रेत पसेको र देवीहरूले पनि दुःख दिएका कारण समस्या भएको उनको दाबी छ । ‘स्कुलमा झुन्डिएर मान्छे मरेका पनि रहेछन् । हेडसरको राम्रो योजना हुँदाहुँदै दुर्घटनामा बित्नुभएछ । उहाँको आत्माले सताएको छ,’ उनले भनिन्, ‘स्कुलको उत्तरपट्टि देवीको थान छ । त्यहाँ फोहोर बनाएको छ । सफा गरेर मन्दिर बनाइयो भने निको हुन्छ ।’ 

छात्राहरूको समस्याबारे उनको तर्क छ, ‘उनीहरू देवीका अवतार हुन्, त्यही भएर कन्यालाई मात्रै यस्तो भएको हो ।’ पुराण नलगाए विद्यालयमा अझै यस्ता घटना हुने उनको दाबी छ । ‘पुराण लगाए सबै ठीक हुन्छ । नभए अझै के–के हुन्छ हुन्छ,’ उनी भन्छिन्, ‘नभए ती नानीहरू किन आमा भन्दै मकहाँ आउँछन् ?’ नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x