×

NIC ASIA

मापसे गरेर धकेलाधकेल हुँदा भीरबाट खसेर १ जनाको मृत्यु, ७ जना पक्राउ

काठमाडाैं | बैशाख ६, २०८१

Prabhu Bank
NTC
Premier Steels

रक्सीले मातेको सुरमा धकेलाधकेल हुँदा भीडबाट खसेर गोरखाको शहीद लखन गाउँपालिका–३ का १८ वर्षीय अमन गुरुङको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।​

Muktinath Bank

तनहुँस्थित आबुखैरेनी गाउँपालिका–३ आबुँगाउँ स्वामी चौतारा भन्ने ठाउँमा बुधवार साँझ अमनसहित सात जना बसेर मादक पदार्थ पिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही क्रममा भनाभन हुँदा धकेलाधकेल भएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराका अनुसार स्थानीय पुरानो कोट जङ्गलको भीरबाट अमन खसेका थिए ।


Advertisment
Nabil box
Kumari

'सबै चीनजानकै साथीहरू सँगै बसेर मदिरा सेवन गरेका रहेछन्, त्यतिकैमा भनाभन भएछ, धकेल्ने क्रममा अमन भीरबाट खसेका थिए’, उनले भने ।

Vianet communication

अमनको हत्या भएको भन्दै पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि सात जना अनुसन्धानका लागि पक्राउ गरिएको बोहराले बताए ।

पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका– ३ का रोहित घले,  आशिष काराखेती, बलराम श्रेष्ठ, सागर श्रेष्ठ,  कुशल गुरुङ , गोरखाका सन्तोष गुरुङ र एक जना नाबालक छन् ।

अमनको एक सय १० फिट तल चन्दनी खोल्सा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

एसपी बोहराले भने, 'सातै जना मिलेर अमनको हत्या गर्ने योजनासहित धकेलेर मारेको होइन, रक्सी खाएको सुरमा धकेलाधकेल हुँदा उनी भीरबाट खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान जारी छ ।’

परिवारले हत्या नै भएको भनेर प्रहरीमा जाहेरी दिएकाले कर्तव्य ज्यान मुद्दामै अनुसन्धान भइरहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x