×

NMB BANK
NIC ASIA

विश्वकप पूर्वसमीक्षा

विश्वकपको घाइते बाघ ब्राजिल : गर्ला यसपाली चमत्कार ?

जेठ ९, २०७५

NTC
Premier Steels

काठमाडौं, ९ जेठ – रुसमा २२ दिनपछि शुरु हुन लागेको फूटबल विश्वकपमा ब्राजिल पनि एक दाबेदारका रूपमा रहेको छ ।

Muktinath Bank

अघिल्लो विश्वकपको सेमिफाइनलमा जर्मनीले ७–१ को लज्जास्पद अन्तरले हराएपछि रन्थनिएको ब्राजिलले त्यसपछि खेलमा सुधार ल्याएको छ । त्यो विश्वकपको चोटले घाइते बनेको ब्राजिल घाइते बाघ झैं खतरनाक छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँचचोटि विश्वविजेता बनिसकेको ब्राजिलले आफ्नो कीर्तिलाई रुसमा कायम राख्ने अपेक्षा गरिएको छ । यसपालीको विश्वकप जित्ने टोलीका रूपमा ब्राजिललाई पनि आँकिएको छ ।


Advertisment
Nabil box
Kumari

ब्राजिलमा प्रतिभाशाली खेलाडीहरूको कमी छैन । एलिसन, एडर्सन, कासियो, मार्सेलो, ड्यानिलो, फिलिपे लुइस, फ्याग्नर, मर्किनोस, थियागो सिल्भा, मिरान्डा, पेद्रो गेरोमेल, विलियन, फर्नान्डिन्हो, पउलिन्हो, कासेमिरो, फिलिप्पे कउटिन्हो, रेनातो अगुस्तो, फ्रेड, नेयमार, गाब्रिएल जिसस, रोबर्टो फिर्मिनो, डग्लस कोस्टा र टाइसोन सबै प्रतिभाशाली खेलाडी हुन् ।

Vianet communication

तर जिसस जस्ता स्ट्राइकरहरूले पहिलोपटक विश्वकप खेलिरहेकाले कसरी दबाब सम्हाल्न सक्छन्, भन्ने कुरा महत्त्वपूर्ण छ ।

हुन त सबैको आँखा नेयमारमा छ । घाइते भएपनि उनलाई विश्वकप टोलीमा समावेश गरिएको छ ।

अठार वर्षको उमेरमा ब्राजिलका लागि डेब्यु गरेका नेयमारले देशका लागि खेलेका ८३ खेलमा ५३ गोल गरेका छन् । उनी ब्राजिलका लागि चौथो सर्वाधिक गोलकर्ता हुन् । उनको ड्रिबलिङ र फिनिशिङ अब्बल छ, अनि दुवै गोडाले उत्तिकै राम्रोसँग खेल्ने क्षमता छ ।

ब्राजिलले विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरेको हो । अनि टिटेले व्यवस्थापन सम्हालेदेखि ब्राजिली टोलीले विगत दुई वर्ष खेलेको खेलमा ४२ गोल हानेको छ भने जम्मा पाँच गोल खाएको छ ।

मिरान्डाको नेतृत्वमा रहेको ब्राजिलको डिफेन्सबाट पार पाउन प्रतिस्पर्धी टीमलाई गाह्रो पर्छ ।

तर ड्यानी आल्भेसले चोटका कारण विश्वकप खेल्न नपाउनुचाहिँ ब्राजिलका लागि घाटाको कुरा हो । आल्भेस नहुँदा फ्याग्नेर वा ड्यानिलोले राइट ब्याकमा खेल्न सक्छन् ।

सेन्टर ब्याकचाहिँ थियागो सिल्भाले सम्हाल्नेछन् । कउटिन्हो सेन्ट्रल पोजिसनमा खेल्न सक्छन् भने विलियन राइट विन्जरको भूमिकामा देखिने सम्भावना छ ।

ब्राजिली टोली सन्तुलित छ । उसको डिफेन्स बलियो छ, अट्याक तीखो अनि विविधतापूर्ण छ र मिडफिल्ड पनि सशक्त छ । टिटेले ब्राजिललाई बलियो टोली त बनाएका छन्, तर उनको व्यवस्थापनमा यो टोलीले विश्वस्तरीय टीमहरूसँग खासै खेलेको छैन ।

ग्रूप स्टेजबाट अघि बढ्न त ब्राजिललाई कुनै अप्ठ्यारो छैन । सेमिफाइनलसम्म उनीहरूको यात्रा सहजै देखिन्छ । त्यसपछि पनि सशक्त खेल प्रदर्शन गरेमा ब्राजिली टोलीले यसपालीको विश्वकप उचाल्ने सम्भावना छ ।

ब्राजिल ‘समूह ई’मा रहेको छ र उसका प्रतिस्पर्धीहरू स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बिया छन् ।

यो पनि पढ्नुहोस् :

मेसीमा निर्भर अर्जेन्टिना, विश्वकप जित्ने सम्भावना कति ?

यस्तो छ ब्राजिलको टीम :



 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x