×

NMB BANK
NIC ASIA

लापरवाही गर्दा रेबिजले लिँदैछ ज्यान

जेठ ६, २०७६

NTC
Premier Steels

काठमाडौँ–केही साता पहिले रामेछाप नामाडीका ४० वर्षीय निरज खड्का टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा रेबिजको उपचार गर्न आउनुभयो तर अन्तिम अवस्थामा आएकाले उहाँ बाँच्न सक्नुभएन । गाउँघरको कुकुरले टोकेको के होला र भन्दै बस्नाले खड्कालाई मृत्युको मुखमा पु¥यायो । 
नुवाकोटका १० वर्षीय बालक सज्जन गिरी केही हप्ता पहिले टेकु अस्पतालको प्राङ्गणमा हाँस्दै लुटुपुटु गर्दै खेल्दै थिए । छेउमै बस्नुभएकी उहाँकी आमा भने निरास मुद्रामा हुनुहुन्थ्यो । चिकित्सकको परामर्श सुनेपछि छाराको केही दिनभित्रै मृत्यु हुँदैछ भन्ने आमालाई थाहा भयोे । बालकको तीन दिनपछि मृत्यु पनि भयो । छोराको मृत्युको पूर्व जानकारी पाएकी आमाको अवस्था कस्तो हुन्छ, शब्दमा लेख्न सक्ने विषय नै भएन । 
काठमाडौँका २५ वर्षीय अजय डंगोलको पनि त्यही समय रेबिजबाटै मृत्यु भयो । काठमाडौँको धनी परिवारका डंगोलको घरमा छोराछोरीलाई पालनपोषण गरेझँै एउटा कुकुर पालिएको थियो । एक दिन गेट खुला भएपछि एकैछिन कुकुर बाहिर गएको थियो । कुकुरलाई रेबिजको सुई पनि लगाउने गरिएको थियो । एकै छिनपछि कुकुर आयो । त्यसको केही दिनपछि कुकुरले डंगोललाई झम्टेर टोक्यो । कुकुरले कहिल्यै त्यस्तो व्यवहार गर्दैनथ्यो । 
डंगोलको खुट्टामा सानो घाउ पारेपछि डंगोलले मुङ्ग्राले पिट्दा कुकुरको मृत्यु भयो । आफ्नै परिवार झैं पालेको कुकुर मारेपछि डंगोललाई खिन्न लाग्यो । विस्तारै डंगोललाई रेबिजको लक्षण देखाप¥यो । टेकु अस्पताल लगेको केही दिनमै डंगोलको पनि मृत्यु भयो । यी घटना प्रतिनिधि पात्र मात्र हुन् । शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको मृत्यु भएको छ । 
कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पु¥याएको छ । 
सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा।वासुदेव पाण्डेले कुकुरले टोकेको पीडा अत्यन्त दुःखदायी हुने बताउनुभयो । सरकारले रेबिजविरुद्ध भ्याक्सिन निःशुल्क प्रदान गर्छ र रेबिजविरुद्ध सुई लगाउँदा पूर्णरूपमा ठीक हुन्छ भन्ने थाहा पाउँदा पनि सानो लापरबाहीले ज्यानै जाने गरेको उहाँको भनाइ छ । 
डा।पाण्डेले दुर्घटनामा भएको मृत्यु, क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता घातक रोग लागेर भएको मृत्युलाई सहन सकिने भन्दै तर रेबिज लागेर मृत्यु भएको घटना सहन धेरै गाह्रो पर्ने बताउनुभयो । जब कि कुकुरले टोकिसकेपछि एउटा सुई लगाउने बित्तिकै बाँच्न सकिन्छ, त्यही सुई नलगाइदिँदा मानिसलाई मृत्युको मुखमा पु¥याइरहेको हुन्छ । गाेरखापत्र दैनिकमा खबर छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x