×

NMB BANK
NIC ASIA

सुर्खेत- राष्ट्रिय अपांग महासंघ नेपाल कर्णाली प्रदेशले मंगलवार प्रदेश सरकारसँग दोभाषेको व्यवस्था गर्न माग गरेको छ ।

Muktinath Bank

अपाङ्गता भएका व्यक्तिहरूका लागि दोभाषेको आवश्यकता परेको भन्दै अध्यक्ष विष्णु शर्माले अपांगता भएका व्यक्तिका समस्या जान्न दोभाषेको आवश्यकता परेको जानकारी दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले कर्णाली प्रदेशमा दोभाषेको अभाव छ,’ उनले भने, ‘दोभाषेलाई सेवा र सुविधा दिने गरी आर्थिक वर्ष २०७६/०७७ को बजेटमा आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गर्दछु ।’


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारको कम्तिमा समाजिक विकास मन्त्रालय  र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश कार्यालयमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूसँग नियमित सञ्चारको लागि दोभाषेको उचित व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

Vianet communication

अटिज्म र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको लागि स्याहारकर्ता सम्बन्धी विशेष व्यवस्था समावेश हुनुपर्ने, मोफेलिया अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपचार सेवा कर्णाली प्रदेशभित्र रहेका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराउने व्यवस्था हुनुपर्ने अध्यक्ष शर्माले बताए ।

यस्तै कार्यक्रम अधिकृत निर्मला खत्रीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको लागि पुन:स्थापनाका लागि विषेश कार्यक्रमहरू व्यवस्था हुनुपर्ने, १० वर्षे सशस्त्र द्वन्द्व तथा जनआन्दोलनमा अपाङ्गता वर्णन गरेका तथा सम्भव  भएका अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जन तथा स्वरोजगार सम्बन्धी कार्यक्रमहरू समावेश हुनुपर्ने र कर्णाली प्रदेशभित्र विभिन्न अपाङ्गता भएका बालबालिकाहरूका लागि सञ्चालनमा रहेका विशेष विद्यालय तथा स्रोत कक्षाहरू सञ्चालित विद्यालयहरूमा आवास निर्माण तथा उचित शैक्षिक वातावरणका लागि प्रयाप्त बजेत विनियोजन गरिनुपर्ने सामाजिक विकास मन्त्रालयसामु माग राखिएको जानकारी दिइन् । 

कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समिति सभापति राजु नेपाली, प्रदेशसभा सदस्य रातो कामी, पद्मा खड्का, कृष्ण शाह, सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विके, महासंघका संघीय अध्यक्ष मित्रलाल शर्मालगायतको सहभागिता रहेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x