मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडौं – वालमार्ट समेत ६०० भन्दा बढी अमेरिकी कम्पनीहरूले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पलाई चेतावनी दिएका छन् । चिनियाँ सामानमा आयातकर लगाउँदा अमेरिकी अर्थव्यवस्थामा नोक्सानी हुने चेतावनी उनीहरूले दिएका हुन् ।
चीनसँगको व्यापारयुद्धले रोजगारी गुम्ने तथा हजारौं उपभोक्ता प्रभावित हुने उनीहरूको भनाइ छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार, थोक व्यापारी, उत्पादक र प्रविधि क्षेत्रका कम्पनीहरू लगायतले ट्रम्पलाई पत्र लेखेर व्यापारयुद्ध अन्त्य गर्न भनेका छन् ।
अतिरिक्त आयातशुल्क लगाउँदा अमेरिकाको व्यापार, कृषिक्षेत्र र सर्वसाधारणमा लामो समयसम्म नकारात्मक असर पर्ने अमेरिकी कम्पनीहरूको भनाइ छ ।
मे महिनामा अमेरिकाले २०० अर्ब डलरको चिनियाँ आयातमा १० प्रतिशत करलाई बढाएर २५ प्रतिशत पुर्याएको थियो । लगेज, म्याट्रेस, ह्यान्डब्याग, भ्याकूम क्लीनर लगायतक सामानमा कर बढाइएको छ ।
ट्रम्पले ३०० अर्ब डलरको अतिरिक्त आयातमा पनि कर बढाउने धम्की दिएका छन् ।
अमेरिकी कम्पनीहरूका अनुसार, चीनबाट आउने वस्तुहरूमाथि आयातशुल्क चीनले नभई आफैंले दिनुपर्ने भएकाले सामानको भाउ बढ्छ ।
अमेरिका र चीनबीच व्यापार वार्ता अनिश्चित भएपछि बजार अस्तव्यस्त भएको छ । यसले गर्दा अमेरिकाको आर्थिक वृद्धि खतरामा परेको कम्पनीहरू बताउँछन् ।
एजेन्सी
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...