×

NMB BANK
NIC ASIA

भारतसँग वार्ता गर्न चाहने 'नरम' इमरान, पाकिस्तानलाई अलग्याउन चाहने 'घमण्डी' मोदी !

जेठ ३१, २०७६

NTC
Premier Steels

काठमाडौँ - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग आफ्नो सम्बन्ध सबैभन्दा खराब बनेको स्वीकारेका छन् । तर उनले के पनि आशा गरेका छन् भने भारतीय समकक्षी नरेन्द्र मोदी काश्मिर सहित अन्य सबै मतभेदलाई हल गर्न आफूले प्राप्त गरेको जनादेशलाई प्रयोग गर्नेछन् ।

Muktinath Bank

अहिले खान र मोदीको दुवै सांघाई सहयोग संगठन (एससीओ)मा भाग लिन किर्गिस्तानको विश्केकमा छन् । विश्केक जानुभन्दा पहिला रूसी समाचार एजेन्सी 'स्पुत्निक'लाई अन्तर्वार्ता दिँदै खानले भनेका थिए, 'एससीओ सम्मेलनले दुवै देशलाई सँगै काम गर्ने र भारतीय नेतृत्वसँग कुराकानी गर्ने अवसर दिएको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'एससीओ सम्मेल्लनले पाकिस्तानलाई भारतसहित अन्य देशसँग आफ्नो सम्बन्ध विकसित गर्न नयाँ मंच दिएको छ,' खानले भने, 'अहिले भारतसँग हाम्रो द्वीपक्षीय सम्बन्ध सायद सबैभन्दा खराब बनेको छ । पाकिस्तान कुनै पनि प्रकारको मध्यस्थताका लागि तयार छ र पाकिस्तानले सबै छिमेकी देशमा शान्तिको कामना गर्दछ ।' युद्धले दुवै देशलाई गरीबीको जालमा फँसाएको खानको तर्क छ ।   


Advertisment
Nabil box
Kumari

भारतको विदेश मन्त्रालयले गत हप्ता एक विज्ञप्ति जारी गर्दै एससीओ सम्मेलनमा पाकिस्तानी प्रधानमन्त्री सँग मोदीको भेट हुने कुनै सम्भावना नरहेको बताएको थियो । त्यसपछि इमरान खानले दोस्रोपटक मोदीलाई पत्र लेख्दै भारत-पाकिस्तानबीच रहेका सबै मुद्दाहरूलाई वार्ताको माध्यमबाट हल गर्ने अपील गरेका थिए ।

Vianet communication

मोदीले बिहीवार पाकिस्तानी राष्ट्रपति सी चिनफिङसँग कुरा गर्दै भारत-पाकिस्तानको सीमामा प्रायोजित आतंकवादको समस्या रहेको गुनासो गरेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार मोदीले पाकिस्तानसँग वार्ता गर्नुअघि आतंकमुक्त वातावरण देख्न चाहेको बताएका थिए ।

खानले भनेका छन् कि दुवै देशको मुख्य प्रयास शान्ति स्थापना गर्ने र वार्ताको माध्यमबाट मतभेद हटाउने हुनुपर्छ । 'भारतसँग हाम्रो मुख्य मतभेद भनेको काश्मिरको मुद्दा हो, यदि दुवै देशले निर्णय लिन सके भने यो मुद्दा सहजै हल हुन सक्छ,' खानले भने, 'दुर्भाग्य नै मान्नुपर्छ यो विषयमा भारत सहयोगी बन्न सकिरहेको छैन । तर हामी आशा गर्छौं कि प्रधानमन्त्री मोदीसँग प्रचण्ड बहुमत छ र उनले यस जनादेशको प्रयोग पाकिस्तानसँग बलियो सम्बन्ध बनाउन र उपमहाद्वीपमा शान्ति कायम गर्नका लागि प्रयोग गर्नेछन् ।'

पैसाको उपयोगले हतियार किन्ने भन्दा पनि नागरिकलाई गरीबीबाट मुक्त गर्नुपर्ने बताउँदै खानले भने, 'चीनले आफ्ना लाखौँ नागरिकलाई गरीबीको खाडलबाट बाहिर निकालेको छ । हामीलाई आशा छ, भारतसँग हाम्रो तनाव पनि घट्नेछ । हामीले पैसाले हतियार किन्ने बारेमा सोचेका छैनौं । हतियार किन्ने पैसा नागरिकको जीवनस्तरमा लगाउन चाहन्छौं ।'

स्पुत्निकसँगको अन्तर्वार्तामा खानले रूसी सैनिकसँग पाकिस्तानी सेनाको राम्रो सम्बन्ध रहेको बताए । पाकिस्तान र रूसको सैन्य सम्बन्ध बलियो रहेको छ । पाकिस्तान रूससँग संयुक्त सैन्य अभ्यासमा पनि छ । यसबाट दिल्ली भने पटक पटक चिन्तित हुने गरेको छ ।

भारतसँगको सम्बन्धमा खान तुलनात्मक रूपमा नरम देखिएका छन् भने मोदी घमण्डी देखिएका छन् । दोस्रो कार्यकालको सपथ लिएसँगै मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई निष्प्रभावी बनाएर बे अफ बङ्गाल इनिसिएटिभ्स (बिमस्टेक)लाई प्राथमिकता दिने गरी आफ्नो वैदेशिक नीति बनाउने दिशातर्फ अघि बढेको प्रष्टै देखिन्छ ।

पाकिस्तान विरोधी राष्ट्रवादको आडमा चुनाव जितेका मोदीले दक्षिण एसियामा पाकिस्तानको अस्तित्व नै स्वीकार नगर्ने दिशातर्फ बढेको भएपनि पाकिस्तानले बारम्बार वार्तामार्फत समस्याहरू हल गर्नुपर्नेमा जोड दिएको छ ।

-एजेन्सीको सहयोगमा 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x