×

NMB BANK
NIC ASIA

कर्णालीको बजेट खाना, छाना र नानालाई पूरा गर्नमा केन्द्रित छ – मुख्यमन्त्री शाही

असार ३, २०७६

NTC
फाइल फोटो
Premier Steels

सुर्खेत –मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको प्रमुख आवश्यकता खाना, छाना र नानालाई पूरा गर्न सक्ने गरी बजेट ल्याएको बताएका छन् ।
 
सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित उद्यमशीलता विकासका लागि कर्णाली सम्मेलनमा उनले कृषि, पर्यटन र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताए ।

Muktinath Bank

“हाम्रो मुख्य समस्या गरीबी हो, गरीबी हटाउन कृषि र पूर्वाधारको विकासविना सम्भव छैन”, उनले भने, “स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनलाई परिचालन गरी उत्पादन वृद्धि गर्ने खालका योजना अघि सारेका छौँ, सबैको प्रयासबाट कर्णालीलाई उत्पादनको केन्द्र भनेर चिनाउन लागौँ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णालीको पर्यटन क्षेत्रलाई थप स्तरोन्नति र प्रवद्र्धन गर्नसके आर्थिक समृद्धि हासिल हुने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय अनुदानले जनताको बानी बिगारेको भन्दै उनले यसको अन्त्यका लागि प्रदेश सरकारले सहुलियतमा ऋण दिने योजना ल्याएको प्रष्ट पारे । उनले ७९ वटै स्थानीय तहका प्रमुख/उपप्रमुखलाई उद्यमशीलता विकासका लागि प्राथमिकता पहिचान गर्न सुझाव दिए ।

Vianet communication

सामाजिक विकासमन्त्री दल रावलले यसपटकको बजेटमा सामाजिक सुरक्षाका लागि उद्यमशीलताका कार्यक्रम अघि बढाइएको बताए ।

“रोजगार र उद्यमशीलता विकासमा सहकार्य गर्न सरकारले उत्प्रेरणा दिनेछ”, उनले भने, “स्थानीय तहले उद्यम विकासको योजना बनाओस् । प्रदेश सरकार बजेट दिन तयार छ ।”

मन्त्री रावलले उद्यमशीलताको विकासका लागि प्रत्येक नागरिकले श्रम गर्नुको विकल्प नभएको बताए ।

दुईदिने सम्मेलनमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले समृद्धिका लागि महिला सहभागिता, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा पुण्यप्रसाद रेग्मीले समृद्ध कर्णाली निर्माणका आधार, अधिकारकर्मी डा रेणुराज भण्डारीले समृद्धि र उद्यमशीलताका लागि महिला सहभागिता र मन्त्रालयका सचिव डा मानबहादुर विकले प्रदेशमा ‘रोजगारीको अवस्था, अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कर्णालीका ७९ वटा स्थानीय तहका उपप्रमुख, जिल्ला समन्वय समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत र निजी तथा सहकारी क्षेत्रका उद्यमीको सहभागिता रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x